कम्यूनिष्ट गठबन्धन अनिष्टको संकेत: श्रेष्ठ
काठमाडौै: उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले चुनावको मुखमा दुर्इ ठुला कम्युनिष्ट पार्टीबीच भएको गठबन्धन देशका लागि अनिष्टको संकेत भएको टिप्पणी गरेका छन्।
बुधबार काठमाडौंमा आयोजित चुनावी सभामा कांग्रेसका नेता श्रेष्ठले देशलार्इ समृद्धिको बाटोमा लैजाने बेला कम्यूनिष्ट पार्टीबीचको चुनावी गठबन्धनले लोकतन्त्रवादीहरुलार्इ त्रसित बनाएको बताए। उनले भने, 'चुनावी तालमेलका नाममा देशलार्इ फेरी अधिनायकवादतर्फ लैजाने षड्यन्त्र भएको छ, यसले लोकतन्त्रको भविष्य के हुने हो भन्ने चिन्ता उत्पन्न गराएको छ।'
स्याञ्जाबाट प्रतिनिधि सभाका उम्मेदवारसमेत रहेका श्रेष्ठले लोकतन्त्र र समृद्धिका लागि कांग्रेसको विजय अपरीहार्य रहेको दावी गरे। उनले बुथ कब्जा गरेर चुनावी परिणामलार्इ प्रभाव पार्ने खेल हुन सक्नेतर्फ कार्यकर्तालार्इ सचेत गराए।