नेता अरु पार्टीमा हिँडेपछि मधेसकेन्द्रित दल संकटमा

नेता अरु पार्टीमा हिँडेपछि मधेसकेन्द्रित दल संकटमा

तौलिहवा (कपिलवस्तु) : दोस्रो संविधानसभा निर्वाचनमा बर्चश्व कायम गरेका तराई मधेसकेन्द्रित दल कपिलवस्तुमा क्रमशः खुम्चिदै गएका छन्। प्रभावशाली नेताहरू अन्य दलमा प्रवेश गरेकाले मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमले कस्तो नतिजा ल्याउलान् भन्ने चासो यहाँ छ।

केन्द्रीय स्तरमा पहुँच राख्ने तथा जिल्ला स्तरका धेरै नेता वाम गठबन्धन र कांग्रेसबाट चुनावी मैदानमा होमिएका छन्। प्रदेश नम्बर २ मा राजपा र संघीय समाजवादी फोरमबीच चुनावी तालमेल भए पनि यहाँ यी दुई दलबीचको तालमेल जमेन।  

पञ्चायतकालदेखि सांसद विजयी हुँदै आएका वृजेशकुमार गुप्ता अहिले वाम गठबन्धनबाट प्रतिनिधिसभा २ को उम्मेदवार बनेका छन्। राजपामा केन्द्रीय सहमहामन्त्री रहेका गुप्ता एमालेबाट चुनाव लडेपछि राजपाका कयौँ जिल्ला स्तरका नेता उनको समर्थनमा छन्।

संघीय समाजवादी फोरमका केन्द्रीय उपमहासचिव अभिषेकप्रताप शाह पनि पार्टी परित्याग गरी कांग्रेसबाट उम्मेदवार बनेका छन्। प्रतिनिधिसभा ३ बाट उनी चुनावी मैदानमा उत्रिएका छन्। पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा विजयी भएका शाह दलबलका साथ घरदैलो कार्यक्रममा छन्।

गुप्ता र शाह जस्तै प्रभावशाली नेता ईश्वर दयाल मिश्रले पनि दल त्यागेका छन्। उनी हृदयेश त्रिपाठी नेतृत्वको स्वतन्त्र समूहबाट सूर्य चुनाव चिह्‍नमा प्रतिनिधिसभा ३ का लागि चुनावी मैदानमा छन्।

यस्तै तराई मधेसमा स्थापित नाम हो दानबहादुर चौधरी। फोरम लोकतान्त्रिकमा केन्द्रीय उपाध्यक्ष रहेका चौधरी अहिले निर्वाचन क्षेत्र नम्बर १ बाट चुनाव लड्दैछन्। एक वर्षअघि नै लोकतान्त्रिक फोरम परित्याग गरेका उनी नयाँ शक्तिको आँखा चिह्न लिएर मत मागिरहेका छन्।

राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीको केन्द्रीय सचिव हुँदै राजपा केन्द्रीय सहमहामन्त्री भएका मिर्जा अरसद बेग पनि राजपा परित्याग गरी एमाले प्रवेश गरेका छन्। यसैगरी मधेसकेन्द्रित दलका जिल्ला स्तरका प्रभावशाली नेता इस्रार अहमद मुसलमान, धर्मबहादुर लाल श्रीवास्तव, जगन्नाथ चौधरी, फैजल खाँ, नवीन चौधरी, दीपक पाण्डे लगायतले पनि मधेसकेन्द्रित दल त्यागेका छन्।

नेताहरूले धमाधम पार्टी परित्याग गर्दै ठूला पार्टीमा प्रवेश गरेर चुनावी टिकट लिएपछि संकटमा परेका राजपा र फोरम नेपालले उम्मेदवारी भने दिएका छन्। राजपाले जिल्लाका तीन प्रतिनिधिसभा मध्ये २ र ३ मा मात्र उम्मेदवारी दिएको छ भने ६ प्रदेशसभा मध्ये ५ मा मात्र उम्मेदवारी दिएको छ। संघीय समाजवादी फोरमले तीन वटै प्रतिनिधिसभा र ६ ओटै प्रदेशसभामा उम्मेदवारी दिएको छ ।

नेताहरू अन्य दलबाट उम्मेदवार बन्दाको संकट त छँदैछ, चुनावी तालमेल हुन नसक्नुको मूल्य चुकाउनुपर्ने डर पनि यी दलहरूमा छ। प्रदेश २ मा राजपा नेपाल र फोरम नेपालबीच चुनावी तालमेल भए पनि प्रदेश ५ मा नेताहरुको आपसी द्वन्द्वले तालमेल हुन नसकेको फोरम नेता अब्दुल रसिद खाँ बताउँछन्।

राजपा नेपाल परित्याग गरेका ईश्वर दयाल मिश्र प्रदेश २ लाई मात्र मधेस ठानेको कारण प्रदेश ५ मा चुनावी गठबन्धन नभएको बताउँछन । ‘प्रदेश २ मा मिलेर चुनाव लड्दा यहाँ किन नलड्ने?', उनले प्रश्न गरे, ‘नेताले हामीलाई हेर्ने नजर कस्तो छ, यसले पनि थाहा हुन्छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.