लोकतान्त्रिक गठबन्धन टुट्दैन : थापा

लोकतान्त्रिक गठबन्धन टुट्दैन : थापा

नेपालगन्ज : राप्रपा अध्यक्ष कमल थापाले निर्वाचनपछि पनि पनि लोकतान्त्रिक गठबन्धन नटुट्टे बताएका छन्। वामपन्थी मिलेर देशलाई नै ‘कम्युनिस्ट बनाउने संशय’ देखिएकाले कांग्रेससँग मिलेर लोकतान्त्रिक गठबन्धन बनाएको उनको भनाइ छ। ‘वाम गठबन्धन हुनु अनौठो थिएन तर त्यसपछिका क्रियाकलाप र उनीहरूका अभिव्यक्तिबाट देशमा लोकतन्त्र साँच्चीकै धरापमा पर्छ कि भन्ने आशंका जन्मिएको छ’, नेपालगन्जमा बुधबार उनले भने, ‘त्यसकारण नै लोकतान्त्रिक गठबन्धन बनाउनुपरेको हो।’

 

उनले लोकतान्त्रिक गठबन्धन कसैका विरुद्धमा नभई लोकतन्त्र संस्थागत गर्न र उदार अर्थतन्त्रको विकासका लागि भएको जिकिर गरे। ‘एक्काइसौं शताब्दीमा लोकतन्त्रको विकल्प नै छैन’, उनले भने, ‘त्यसकै लागि भए पनि यो गठबन्धन निर्वाचनपछि पनि कायमै रहनुपर्छ।’

उनले झापाबाहेक अन्य ठाउँमा गठबन्धनप्रति संशय नभएको बताए। झापामा कांग्रेस नेता कृष्णप्रसाद सिटौला र राप्रपाकै राजेन्द्र लिङदेनको उम्मेदवारी अनि राप्रपालाई वाम गठबन्धनको समर्थन एउटा ‘विशिष्ट अपवाद’ भएको उनको भनाइ थियो। ‘त्यहाँ कांग्रेससँगै राप्रपालाई नै उम्मेदवारी दिने लिखित सहमति भएको थियो’, उनले भने, ‘तर, त्यहाँ कांग्रेसको आन्तरिक कारणले गर्दा त्यस्तो स्थिति आएको हो, यो अपवादलाई नियमित अभ्यासका रूपमा हामीले लिनुहुँदैन।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.