‘के तिमी युद्धका लागि तयार छौ ?

‘के तिमी युद्धका लागि तयार छौ ?

न्युयोर्क:  अमेरिकी मुक्केबाज डियोन्टी विल्डरले अर्का बेलायती बक्सर एन्थोनी जोसुआलाई आफूसँग लड्न चुनौती दिएका छन् । गत आइतबार भएको भिडन्तमा बर्मन स्टिवर्नलाई पहिलो राउन्डमै नकआउट गर्दै डब्लूबीसी हेभिवेट उपाधि जोगाएपछि हौंसिएका वाइल्डरले जोसुआलाई आफूसँग लड्न कडा चुनौती दिएका हुन् । ‘मलाई थाहा छ, म सर्वोत्कृष्ट हुँ ।

त्यसैले अब म तिमी (एन्थोनी जोसुआ) लाई भिडन्तका लागि चुनौती दिन चाहन्छु । यसलाई युद्धका लागि गरिएको चुनौती सम्झिए हुन्छ', ३२ वर्षीय विल्डरले भनेका छन् ।

विल्डरले आइतबारको भिडन्तमा स्टिवर्नमाथि लगातार मुक्का बर्साएका थिए, जसको प्रतिकार गर्न स्टिवर्न पूर्णरूपमा असफल देखिएका थिए । स्टिवर्नलाई नकआउट गरेपछि विल्डरले बक्सिङ रिङबाटै पनि जोसुआप्रति लक्षित गर्दै हुँकार छाडे, ‘के तिमी युद्धका लागि तयार छौ ।' डब्लूबीए र आईबीएफ हेभिवेट च्याम्पियन जोसुआलाई उनले प्रश्न गरे, ‘लामो समयदेखि म त्यो भिडन्तको प्रतीक्षा गरिरहेको छु । मैले युद्धको घोषणा गरिसकेको छुु । मेरो चुनौतीलाई स्वीकार गर्ने हिम्मत तिमीसँग छ ? '

स्टिवर्नलाई पहिलो राउन्डमै ढालेपछि हौंसिएका विल्डरले २८ वर्षीय जोसुआलाई आफ्नो शक्ति परीक्षण गर्ने अवसर सदुपयोग गर्न सुझाव पनि दिए । मुक्केवाज विल्डरले बेलायतका डेनियल ह्वाइटसँगको भिडन्त भने यसअघि नै अस्वीकार गरिसकेका छन् । विल्डरले गत सातामात्र डब्लूबीसी सिल्भर हेभिवेट उपाधिका लागि भएको भिडन्त जितेका थिए । डेनियल ह्वाइटले भने सन् २०१५ को डिसेम्बरमा जोसुआसँग पराजय व्यहोरेयता लगातार ६ खेल जित्दै आएका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.