देवकोटाको कवितामा केपी ओलीको प्यारोडी : कुन पार्टीमा जान्छौँ साथी..

देवकोटाको कवितामा केपी ओलीको प्यारोडी : कुन पार्टीमा जान्छौँ साथी..

काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले काँग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको चर्को आलोचना गर्दै लोकतन्त्र एमालेले बम्पर पुरस्कार नपाएको जवाफ दिएका छन् ।

प्रधानमन्त्री देउवाले काँग्रेसले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा प्रतिपक्षी (एमाले) दललाई सिध्याउने घोषणा गरेकोप्रति कटाक्ष गर्दै ओलीले यस्तो जवाफ दिएका हुन् । राजधानीको चाबहिलमा आयोजित विभिन्न पार्टीका नेता तथा कार्यकर्ता एमालेमा प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले देउवाको चर्को आलोचना गरे ।

प्रजातन्त्र पुर्नस्थापना, पञ्चायतको अन्त्य गर्दै राजतन्त्रको समाप्त गर्न एमालेले ठूलो संघर्ष गरेको तर, त्यो देउवाले नदेखेको भन्दै ओलीले भने, ‘उहाँले बुझ्नुपर्छ लोकतन्त्र हाम्रालागि बम्पर पुरस्कार होइन, कठिन सघर्षबाट आर्जन गरेको व्यवस्था हो ।’

ओलीले फेरि थपे, ‘हामीले पञ्चायत फाल्दा उहाँ लण्डनमा पाउरोटीमा जाम राखेर खाँदै हुनुहुन्थ्यो । लोकतन्त्र हामीलाई कसैले किस्तीमा सजाएर दिएको होइन ।’

लोकतन्त्र स्थापनाका लागि भएका संघर्ष ताजै भएको दाबी ओलीको छ । ‘एमालेलाई कसैले लोकतन्त्रको पाठ सिकाउनु पर्दैन । लोकतन्त्रका लागि हामी भोकभोकै पेट मिचिमिची दौडिएका छौँ’, ओलीले भने, ‘हामीले बलिदान दियौँ । कष्टपूर्ण जिन्दगी बितायौँ । आन्दोलनलाई सघर्षबाट सफल बनायौँ । उहाँह?ले बुझ्नुपर्छ लोकतन्त्र भवितव्य होइन सर्घषको परिणाम हो । लोकतन्त्रका लागि जीवन त्याग गरेर आन्दोलनमा होमिएका पीडादायी यादह? ताजै छन् ।’

एमालेको पक्षमा माहोल बनेको दाबी गर्दै ओलीले महाकवि लक्ष्मीप्रसाद देवकोटा भएको भए पनि एमालेकै पक्षमा कविता लेख्ने दाबी गरे ।

'आज लक्ष्मीप्रसाद देवकोटा हुनु भएको भए, यस्तो कविता लेख्नुहुन्थ्यो होला :
कुन पार्टीमा जान्छौँ साथी हो
कुन पार्टीमा जाने हो ।
कुन भ्रममा पछौँ साथी हो
कुन कुबाटो हिड्ने हौँ
आऊ–आऊ एमाले बनाऔँ ।
देश बनाउने महायज्ञमा
जे गर्न सक्छौँ सघाऊ ।
...
आऊ आऊ हे प्रजापरिषद्, एमालेलाई समाऊ
अरु पनि पार्टी समाहित गरेर देश बनाऊ
यस महायज्ञमा, आफूलाई चढाऊ ।
यस्तै कविता लेख्थे हुन् ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.