आचारसंहिता पालनामा आयोग कठोर: प्रमुख आयुक्त

आचारसंहिता पालनामा आयोग कठोर: प्रमुख आयुक्त

काठमाडौँ: प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी निर्वाचनलाई ऐतिहासिक रुपमा सफल तुल्याउन दृढता र प्रतिबद्धताका साथ अघि बढिरहेको बताएका छन्।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारी तथा निर्वाचन आचारसंहिताका बारेमा मुख्य सचिव र सचिवलाई जानकारी गराउने उद्देश्यले बिहीबार आयोजित छलफल कार्यक्रममा उनले जसरी पनि निर्वाचन जित्नुपर्छ भन्ने पक्षलाई निरुत्साहित र नियन्त्रण गर्न निर्वाचन आचारसंहिता पालनामा आयोगले जोड दिइरहेको उल्लेख गरे।

निर्वाचनमा खटिने कर्मचारीमा स्वच्छ र स्वतन्त्र भूमिका एवम् व्यवहार प्रदर्शन, प्रभावकारी मतदाता शिक्षा, निर्वाचन सामग्री तथा मतदान केन्द्रको व्यवस्थापन र सुरक्षित रुपमा मतपेटिका संकलन गर्नु आयोगको अहिलेको चुनौती रहेको बताउँदै प्रमुख निर्वाचन आयुक्त यादवले आगामी निर्वाचनलाई सफल तुल्याउन आयोगले सबैको सहयोगको अपेक्षा गरेको व्यक्त गरे।

मुख्य सचिव लोकदर्शन रेग्मीले मुलुकको प्राथमिकताको सूचीमा रहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई सफल तुल्याउन आवश्यक शान्तिसुरक्षा, स्रोतसाधन र जनशक्ति उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.