प्रदेश १ : सत्ताको स्वाद चाखेका नेता चुनावी मैदानमा

प्रदेश १ : सत्ताको स्वाद चाखेका नेता चुनावी मैदानमा

विराटनगर : जनताको प्रत्यक्ष मत नलिई ‘सगोलमा’ पार्टीले प्राप्त गरेको अभिमतको आधारमा संसद बनेर धेरै पटक ‘सत्ताको स्वाद’ चाखेका नेताहरुसमेत यो पटक उमेद्वार बनेर चुनावी दौडमा लागेका छन्। ‘सत्ताको स्वाद’ र त्यसको ‘प्रभाव बुझेका’ प्रमुख दलका नेता प्रदेश नम्बर १ का विभिन्न क्षेत्रमा प्रत्यक्ष जनमत लिन चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन्।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाल विगत एक दशकयता सत्ताकै वरिपरि घुमिरहे। कांग्रेसको मन्त्रीमण्डलमा प्रायजसो अटाउने उनी ‘पार्टीले पाएको मत’ को आधारमा पाइने समानुपाति संसद भएरै मन्त्री बनेका हुन्। रिजाल सुशील कोइराला र माधव नेपाल प्रधानमन्त्री भएको सरकारमा एक पटक संस्कृति र अर्को पटक सञ्चारमन्त्री थिए।

दुबै संविधान सभा निर्वाचनमा समानुपाति सांसद ‘हात पारेका’ रिजाल यो पटक मोरङको निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिसभा सदस्यका लागि प्रत्यक्षतर्फ उमेद्वार बनेका छन्। विगतमा गिरिजाप्रसाद कोइरालाको ‘आधार क्षेत्र’ मानिएको यो क्षेत्र सुजाता कोइरालाले छाडिदिएपछि रिजाल उठेका हुन।

चुनावी प्रचार प्रसार कार्यक्रममा मतदातामाझ काँग्रेस नेता मिनेन्द्र रिजाल।

पहिले कोइराला त्यसपछि आमोदप्रसाद उपाध्यायले जितेको मोरङ २ मा उमेद्वार बन्न पाउँदा आफूलाई गर्व लागेको बताउँछन्। आफू कसैको विरोधमा नउठेको दाबी गर्दै ‘सबै अट्ने देश, सबैलाई जोड्ने काँग्रेस’ भन्ने मूल नाराका साथ चुनावमा होमिएको बताउँदै रिजालले भने, ‘गिरिजाप्रसाद र त्यसपछि सुजाता कोइरालाले समेत माया गरेको ठाउँलाई विशेष क्षेत्रको रुपमा विकास गर्ने अभियान लिएर चुनावमा उठेको हुँ।’ पहिलो पटक प्रत्यक्ष उमेद्वार बनेका रिजाल एमालेका ऋषिकेश पोखरेलसँग चुनावी भीडन्तमा छन्। पोखरेल यसअघि सोही क्षेत्रका प्रत्यक्षतर्फका विजयी सांसद हुन्।

भोजपुरमा पहिलो संविधान सभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ पराजित बनेका नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की बहालवाला अर्थमन्त्री हुन्। दोस्रो संविधान सभा सदस्य निर्वाचन २०७० मा पार्टीले पाएको मतको आधारमा समानुपातिक सांसद भएका कार्की पनि पछिल्लो डेढ दशकयता सत्ताको ‘रसस्वादन’ गरिरहेका छन्। सुनसरीको निर्वाचन क्षेत्र नम्बर ४ मा प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्य उमेद्वार बनेका कार्की यसअघि जलस्रोत मन्त्री थिए। भोजपुरबाट क्षेत्र परिवर्तन गरेर सुनसरी झरेका कार्की एमालेका रमेश श्रेष्ठसँग प्रतिस्पर्धा गर्दैछन्।

विगतमा कमल थापाका सह–महामन्त्री रहेका श्रेष्ठ, थापाले इटहरीका रामकुमार सुब्बालाई च्यापेपछि राप्रपा छाडेर एमालेमा प्रवेश गरी चुनावमा उठेका हुन्।

पार्टीले पाएको मतको आधारमा दुई पटक समानुपातिक सांसद बनेकी कांग्रेसकी सीता गुरुङ पहिलो पटक प्रतिनिधि सभामा प्रत्यक्षतर्फ तेह्रथुमबाट उमेद्वार बनेकी छिन्। गुरुङ बहालवाला भौतिक पूर्वाधार राज्यमन्त्री हुन्। जनताको प्रत्यक्ष मत लिन प्रतिनिधिसभा सदस्य पदमा उठेकी उनी बाम गठबन्धनका भवानीप्रसाद खापुङसँग भिड्दै छिन्।
गुरुङ दुई पटकसम्म ‘ऐतिहासिक संविधान सभा’को सदस्य बन्न पाउनु आफ्ना लागि भाग्यको कुरा भएको बताउँदै समानुपातिकमा प्रत्यक्षको जस्तो व्यक्ति पिच्छे भोट माग्न पुग्नु पर्ने नभएपनि पार्टीको लागि मेहनत भने गरेको दाबी गर्छिन्। ‘मैले प्रत्यक्षमा पुरुषसँग चुनावी भिडन्त भयो भनेर आफूलाई कमजोर ठानेकी छैन, ’ गुरुङले भनिन्, ‘महिलाले पनि आफ्नो क्षेत्रमा काम गर्न सक्छन् र प्रत्यक्षमा भिड्न कमजोर छैनन् भन्ने उदाहरण दिन चुनावी मैदानमा उत्रिएकी छु।’ तेह्रथुममा आफूले सामानुपातिक सांसद भएपछि अरुभन्दा धेरै विकास र जनपक्षीय काम गरेको दाबी गरिन्।

झलनाथ खनालको मन्त्रिमण्डलमा वन तथा भूसंरक्षण राज्यमन्त्री बनेकी एमालेकी भगवती चौधरी यो पटक पनि कांग्रेसका विजय गच्छदारसँग सुनसरी ३ मा चुनावी मैदानमा छिन्। सांसद नै नभई मन्त्रिमण्डलमा अटाएकी चौधरी पनि एमाले सरकारमा छँदा सत्ताकै ‘निकट र आसपास’ रहने गरेकी थिइन्। संविधान सभा सदस्य निर्वाचन २०७० मा चौधरीले दर्जनौ पटक उपप्रधानमन्त्रीदेखि मन्त्री पद लिएर राजनीतिक जीवनको धेरै अवधि कुर्सीमा बिताएका गच्छदारलाई ‘आच्छुआच्छु’ पारेकी थिइन्।

एमाओवादीका सुरेन्द्रकुमार कार्की ‘पार्थ’ झापाको निर्वाचन क्षेत्र नम्बर १ मा प्रत्यक्षतर्फ प्रतिनिधि सभा सदस्यमा उठेका छन्। उनी माओवादी केन्द्रको समानुपाति सांसद भएकै बेला सञ्चारमन्त्री बनेका थिए। संविधान सभा सदस्य निर्वाचन २०६४ मा माओवादी पार्टीले देशभर ‘अभुतपूर्व विजय’ प्राप्त गर्दा शीर्ष नेतातर्फ कार्कीमात्र पराजित भएका थिए।

ताप्लेजुङबाट झापा झरेर कार्की कांग्रेसका युवानेता विश्वप्रकाश शर्मासँग चुनावी प्रतिस्पर्धामा छन्। कार्की भन्छन्,‘क्षेत्र परिवर्तन गरेर झापा झर्दा मलाई झन् धेरै फाइदा भएको छ। यो जिल्ला कम्युनिष्टको ‘बेस’ भएको क्षेत्र भएकोले मलाई जित्न अझ सजिले हुनेछ।’ उनले आफ्नो क्षेत्रमा हन्डर खाएर आई बसेका र मेहनती मानिसहरुको प्रभाव रहेकोले जनमत आफ्नो पक्षमा भएको दाबी गरे।

एमालेका योगेश भट्टराई बामदेव गौतम गृहमन्त्री हुँदा उनको सल्लाहकार भएर काम गरेका थिए। ताप्लेजुङबाट प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फका उमेद्वार बनेका भट्टराई पनि सत्ताको नजिक बसेर राजनीति गरिरहेका छन्। पहिलो पटक प्रतिनिधि सभा निर्वाचनमा उठेका भट्टराई ताप्लेजुङमा कांग्रेसका केशवप्रसाद दाहालसँग भिड्दै छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.