राजावादीलाई भोट नगर्न वाम गठबन्धनका कार्यकर्तालाई सिटौलाको आह्‍वान

राजावादीलाई भोट नगर्न वाम गठबन्धनका कार्यकर्तालाई सिटौलाको आह्‍वान

दमक : कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले राप्रपाको चर्को आलोचना गरेका छन्। सिटौला भद्रपुरमा आयोजित अन्र्तक्रियामा राप्रपा प्रति आक्रमक रुपमा प्रस्तुत भएका हुन्। राप्रपालाई उनले संघीयता र लोकतन्त्रको विरोधी भएको आरोप लगाए।

 

वाम गठबन्धनले संघीयता र लोकतन्त्र विरोधी राप्रपालाई झापा क्षेत्र नम्बर ३ मा उम्मेद्वार बनाएकोमा आफू आश्चर्यमा परेको सिटौलाको भनाइ छ। सिटौलाले २०४६ सालको जनआन्दोलमा नेपालकै पहिलो सहिदका रुपमा मण्डले पार्टी द्वारा मारिएका राम थापाको रगत आलै रहेको सम्झना गरे।

उनले बहुदलीय प्रजातन्त्रका सिपाही सफायमा लागेका तथा २०६२÷०६३ को लोकतान्त्रिक गणतन्त्रको परिवर्तन रोक्न सुरज विश्वास र राजन गिरीलाई गोली हान्ने झापाली जनताका प्रतिनिधि कसरी हुन सक्छन् भन्दै प्रश्न गरे।

झापा क्षेत्र नम्बर ३ नेपालको राजनीतिक परिवर्तनको बाहक भएको भन्दै सिटौलाले प्रगतिशील विचारधारामा रहेका जनता अग्रगमनका पक्षधर हुनु पर्ने प्रष्ट पारे। उनले गणतन्त्रलाई राजतन्त्रमा फर्काएर परिवर्तन रोक्न चाहने जनभावना विरोधीलाई मतदान नगर्न समेत आग्रह गरे।

समयमै सोचेर मतदान गर्न क्षेत्र नम्बर ३ का जनतालाई उनको अपिल थियो। वाम गठबन्धनले उम्मेद्वार नदिएकाले विकल्पका रुपमा नेपाली कांग्रेसलाई मतदान गर्न सबै सित सिटौलाले अनुरोध गरेका छन्।

झापा ३ का उम्मेद्वार सिटौलाले शान्ति र संविधानको जिम्मेवारी लिएर दोश्रो संविधान सभा निर्वाचनमा जनताको विश्वास जितेको चार वर्षे कार्यकालमा १ अर्ब बढीका विकास योजना ल्याउन सफल भएको बताए। सिटौलाले आफू परिवर्तनको लडाईंमा अबिचलित भएर निरन्तर लागेको स्पष्ट पार्दै अहिलेको निर्वाचनमा शान्ति र समृद्धिको सपना पुरा गर्न क्षेत्र ३ का जनताले मतदान गरेर पठाउनु पर्ने जिकिर गरे।

उनको क्षेत्र बाट झापामा राप्रपाका राजेन्द्र लिङ्देन उठेका छन्। लिङदेनलाई वाम गठबन्धनको सहयोग रहेकोले चुनाव जित्नका लागि आफ्नो क्षेत्रमा सिटौलाको दौडधुप बढाएका छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.