फेसबुक र ट्‍वीटरमा चुनावी भिडन्त

फेसबुक र ट्‍वीटरमा चुनावी भिडन्त

काठमाडौं : चुनावको मिति नजिकिएसँगै सामाजिक सञ्जालमा पनि चहलपहल बढेको छ । स्थानिय चुनावको तुलनामा संसदिय चुनावको शैलिमा फेसबुक फोटो फ्रेमले नयाँपन थपेको छ । प्रायः खेल स्पर्धामा कुनै टिमलाई सपोर्ट गर्न अथावा कुनै घटनाविशेषमा प्रयोग हुँदै आएको ‘फेसबुक फोटो फ्रेम’ लाई चुनावको माहोल नतात्दै विवेकशिल साझा पार्टीले प्रयोगमा ल्यायो । पार्टी संयोजक रविन्द्र मि श्रले पहिलो पटक आफ्नो फोटो सहितको ‘अबको आशा विवेकशिल साझा’ लेखिएको फ्रेम सेयर गरे ।

मिश्रले ‘मिल्छ भने तपाई पनि मंसिर २१ गतेसम्म यो फ्रेम प्रयोग गरेर मलाई साथ दिनोस् न है।’ भनेर आफ्नो फेसबुक पेजमा राखेका छन् । उनले गरेको यो प्रचार शैलिलाई विस्तारै अन्य पार्टी नेताले पनि प्रयोगमा ल्याएका छन् । नेपाली कांग्रसले ‘भोट फर नेपाली कांग्रेस’ लेखिएको फेसबुक फोटो फ्रेम तयार पारेको छ । पार्टीले मात्र नभएर उम्मेदवार आफैले पनि आफ्नो चुनाव प्रचारको लागि यसलाई अपनाएका छन् । नेपाली कांग्रेस काभ्रे-२ ‘क’ का उम्मेदवार सुन्दरमणी आचार्यले यसको प्रयोग गरेका छन् । उनलाई सपोर्ट गर्न चाहानेलाई लक्षित गरी बनाइएको उक्त फ्रेममा ‘नेपाली कांग्रेसक काभ्रे क्षेत्र नं. २ ‘क’ का युवा उम्मेदवार सुन्दरमणी आचार्यलाई अत्याधिक मतले बिजयी गराऔं’ लेखिएको छ ।

 

निर्वाचनलाई लक्षित तर पार्टी विषेस भन्दा फरक रहेर पनि यस्ता फोटो फ्रेम बनेको छ । ‘म एक सचेत नागरिक, निर्वाचनमा विबेकपूर्वक आफ्नो मतको प्रयोग गर्नेछु’ लेखिएको फोटोफ्रेमलाई धेरैले आफ्नो फेसबुकमा प्रोफाइल पिक्चर बनाएका छन् । ‘२०६४ सालमा भएको संविधानसभा चुनावबाट केही रुपमा सामाजिक सञ्जालमार्फत पार्टिले प्रचार गर्ने गरेका थिए । तर स्थानिय तह चुनावको समयमा सामाजिक सञ्जालको प्रयोग ठुलो मात्रामा भयो । स्थानिय चुनावमा प्रचारका लागि विभिन्न अडियो भिडियो तथा पोस्टर बनाएर सामाजिक सञ्जालमा छरीए ।’ कम्प्युटर प्रोग्रामर टुरूप संग्रौलाले भने, ‘स्थानिय तह चुनावबाट अहिलेको संसदिय चुनावमा आइपुग्ग्दा नयाँ फेसबुक फोटो फ्रेमको प्रयोग भएको छ ।’

उनका अनुसार फेसबुकमा फोटोफ्रेम बनाउन जसले पनि सक्छ । पहिले फेसबुकले यसका लागि भेरिफिकेशन माग्थ्यो, जसका लागि निश्चित समय लाग्थ्यो । तर, अहिले यो तुरुन्तै बन्छ । निशुल्क फ्रेम बनाउन मिल्ने भए पनि पार्टिभित्र सामाजिक सञ्जाल सम्बन्धी ज्ञानको कमि भएकाले कतिपयले फ्रेम बनाउन पैसा लाग्ने भन्दै पैसा लिने गरेकाछन् । यसका साथै उक्त फोटो फ्रेमलाई बुष्ट गर्ने नाममा लाखौं खर्च पनि भइरहेको छ । फ्रेमलाई लक्षित वर्ग-समुदायमा पुर्‍याउन दल तथा उनीहरूका प्रतिनिधिले दैनिक लाखौं खर्च गरिरहेको छन् । त्यस बाहेक चुनाव प्रचार प्रशारको क्रममा यस पटक ‘ह्यासट्याग’ पनि प्रयोगमा आएको छ । सामाजिक सञ्जालमा आफुले भोटगर्ने पार्टीलाई समर्थन गर्ने आसयले ‘आई एम विथ युएमएल’, ‘आई एम विथ रविन्द्र मि श्र’ ‘भोट फर रविन्द्र मि श्र’, ‘भोट फर कांग्रेस’ जस्ता ह्यासट्याग प्रयोग भइरहेको छ ।

सामाजिक सञ्जालको भरिपुर्ण प्रयोग भने यो समय विवेकशिल साझा पार्टीले गरेको हो । उसले फेसबुकबाट लाखौलाई म्यासेज गरी भोटको लागि आग्रह गरेको छ । उसको फेसबुक पेजमा लाइक गर्ने लाखौलाई ‘हजुरले केहि जानकारीहरु दिन छुटाउनु भएको रहेछ । अलिकति समय दिनुहोस न है, हामी एक कदम नजिक आउनेछौ ! अनि कहाँ बस्नु हुन्छ त? ’ भनि ‘काठमाडौं महानगर, टोखा, बुढानिलकण्ठ, विदेशमा छु, चन्द्रागिरी, यहाँ मध्ये होइन’ भनि छनोट गर्न दिएको छ । 

यसोगर्दा आफुलाई सपोर्ट गर्ने मानिस कहाँ बस्छन भनि पत्ता लगाउन सहज हुने विवेकशिल साझा पार्टीका केन्द्रिय सदस्य तथा डिजिटल मिडिया हेर्दै आएको अब्दुस मियाँ । उनका अनुसार आमसभा गरेर मानिसलाई रोडमा उतार्नु भन्दा त्यो भन्दा ठुलो जनसंख्या रहेको सामाजिक सञ्जालमा लगानि गर्नु सबैभन्दा प्रभावकारी भएको छ । अब, पार्टीको लागि मानिस आमसभा भनेर उपस्थिती हुने होइन, पार्टी मानिसलाई भेट्न जानु पर्ने अवस्था छ । त्यस्तोमा सामाजिक सञ्जाल सबैभन्दा ठुलो माध्यम बनेको छ ।

हुन पनि हो, नेपालमा ८० लाख भन्दा बढि फेसबुक प्रयोगकर्ता र ३२ लाख भन्दा बढि ट्वीटर प्रयोगकर्ता छन् । ‘सोसल एभ्स’ ले सन् २०१७ फेबु्रअरीमा सार्वजनिक गरेको प्रतिवेदन अनुसार अहिले नेपालमा ८० लाख फेसबुक युजर रहेका छन् । भने, त्यसमा ६५ लाख भन्दा बढि फेसबुक एकाउन्ट एक्टीभ छन् । त्यस्तै टुइटरमा ३२ लाख भन्दा बढि टुइटर एकाउन्ट नेपालबाट दर्ता छन् । त्यस मध्य २५ लाख भन्दा बढि एकाउन्ट एक्टीभ रहेको रिसर्च पोर्टल ‘स्टाटिस्टा’ उल्लेख गरेको छ । यी सबैलाई भेट्न उम्मेद्वारलाई सम्भव पनि छैन् । त्यस्तोमा सामाजिक सञ्जालको प्रयोग भएको छ । त्यसका लागि ‘स्पोन्सर’ लेखिएका पोस्ट आफ्ना लक्षित वर्ग÷समुदायमाझ पु‍¥याउने काम भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.