नयाँ शक्तिका उम्मेदवारले पार्टी छाडे
फिदिम : मंसिर १० गते हुने निर्वाचनमा पाँचथरबाट प्रतिनिधि सभाको उम्मेद्धार बनेका नयाँ शक्ति पार्टी नेपालका दुई जना उम्मेद्धार सहित चार जनाले पार्टी छाडेको घोषणा गरेका छन् ।
प्रतिनिधि सभाका लागि प्रत्यक्ष तर्फ उम्मेद्धारी दिएका दिलबहादुर लावती र समानुपातिक उम्मेद्धार रमेश परियारले विज्ञप्ति जारी गर्दै पार्टी परित्याग सहित उम्मेद्धारी फिर्ता गरेको घोषणा गरेका हुन् ।
‘राजनीतिक स्थायित्वका लागि भनेर खोलिएको हाम्रो पार्टीका नेताहरु आँफै अस्थिर बने,' विज्ञप्तिमा भनिएको छ ‘नेतृत्वको ढुलमुले चरित्रको कारण हाम्रो उम्मेद्धार फिर्ता लिदैँ पार्टी परित्याग गरेको घोषणा गर्दछौँ ।' कानुनी रुपमा आफ्नो उम्मेद्धारी फिर्ता हुन नसके पनि राजनीतिक रुपमा आफ्नो उम्मेद्धारी दिर्ता गरेको विज्ञप्तिमा भनिएको छ ।
लावती र परियार सहित शिक्षक संघ केन्द्रिय सदस्य हेम बहादुर जवेगु र जिल्ला खेलकुद संयोजक अनुराग केप्छाकी मगरले पार्टी छाडेका हुन् । नेपाली काँग्रेसका उम्मेद्धारलाई समर्थन गर्दै पार्टी छाडेर उम्मेद्धारी फिर्ता गरिएको मगरले जानकारी दिए ।