पौडेललाई गिरीको टक्कर

पौडेललाई गिरीको टक्कर

बुटवल : रूपन्देही क्षेत्र नम्बर २ मा एमाले उपमहासचिव विष्णु पौडेललाई कांग्रेस महासमिति सदस्य युवराज गिरीले टक्कर दिँदै छन् । पौडेलले दोस्रो संविधानसभा निर्वाचनमा माओवादी उम्मेदवार पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई झन्डै साढे ६ हजार मतले हराएका थिए ।

 

यसपटक उनी माओवादीसँगकै गठबन्धनमा उम्मेदवार बनेका छन् । यसपटक पनि जित हासिल गर्ने उनको दाबी छ । उनका विगतका प्रतिस्पर्धी कांग्रेसका सूर्यप्रसाद प्रधानको निधनपछि यसपटक गिरी उम्मेदवार बनेका हुन् । प्रदेश नम्बर ५ को राजधानी रूपन्देही बनाउनेलगायत आर्थिक विकासका एजेन्डा लिएर मतदातामाझ पुगेका गिरीले पनि आफ्नो जित हुने दाबी गरे ।

पौडेलले केन्द्रको राजनीतिसँगै रूपन्देहीको विकासमा आमूल परिवर्तन गरेको बताउँदै आएका छन् । ‘गौतमबुद्ध विमानस्थलदेखि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माणको काम मेरै नेतृत्वमा भएको छ', उनले भने, ‘रूपन्देहीलाई विकासको क्षेत्रमा नमुना बनाउनका लागि मतदाताले अरू विकल्प खोज्नै सक्दैनन् ।'

पौडेललाई जनताले पटक-पटक हेरिसकेकाले यसपटक आफूलाई मत प्राप्त हुने गिरीको भनाइ छ । ‘मेरो दुःखसँग उहाँको (विष्णु पौडेल) तुलना हुँदैन, मैले भूगोलमै बसेर जनताको घरदैलोमा गरेको कामको मूल्यांकन हुनेछ, उनले भने ।

क्षेत्र नम्बर २ मा पर्ने बुटवल उपमहानगरपालिकामा कांग्रेस र माओवादी केन्द्रको गठबन्धन भए पनि एमालेले झन्डै तीन हजार मतले जित हासिल गरेको थियो । स्थानीय तहमा वडाध्यक्षलाई खसेको मतका आधारमा वाम गठबन्धन लोकतान्त्रिकभन्दा झन्डै १४ हजार मतले अघि देखिएको छ ।

यो क्षेत्रमा प्रदेशतर्फका दुवै उम्मेदवार एमालेबाटै छन् । प्रदेशसभा १ मा केन्द्रीय सदस्य लीला गिरी र २ मा बुटवलका पूर्वनगर प्रमुख भोजप्रसाद श्रेष्ठको उम्मेदवार छन् । कांग्रेसबाट १ मा मजदुर नेता काजीमान श्रेष्ठ र २ मा बुटवल उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष महेशमान सिंह मैदानमा छन् ।
स्थानीय निर्वाचनपछि झन्डै १५ हजार मतदाता थपिएका छन् । ती मतदाता पनि निर्णायक हुुन सक्ने चर्चा चल्न थालेको छ । यो क्षेत्रमा एक लाख पाँच हजार दुई सय पाँच मतदाता छन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.