अस्पतालकै बेडबाट विप्लवका मेची व्यूरो इन्चार्ज पक्राउ

अस्पतालकै बेडबाट विप्लवका मेची व्यूरो इन्चार्ज पक्राउ

ताप्लेजुङ :  चुनाव खारेजी अभियान चलाइरहेको नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट निर्टीका मेची व्यूरो इन्चार्ज ४० वर्षीय सन्तोष पतङवा (सुमन) लाई प्रहरीले पक्राउ गरेको छ ।सुमनलाई न्यूरो अस्पताल विराटनगर मोरङबाट कात्र्तिक २३ गते बेलुकी साढे ६ बजे प्रहरीले गिरफ्तार गरेको हो ।

 

 कातिक १६ गते मोटरसाइकल दुर्घटनामा परेका इन्चार्ज सुमनलाई सोही दिनदेखि न्यूरोमा उचारका लागि भर्ना गरिएको थियो । अस्पतालको बेडबाटै प्रहरीले गिरफ्तार गरेको सुमनकी पत्नी २८ वर्षीया विमला हाङवाङ पतङवाले बताइन् । पक्राउको विषयमा प्रहरीसँग बुझ्दा सोधपुछका लागि लगेको प्रतिक्रिया दिएको उनले बताइन् ।

दुर्घटना हुँदा टाउकोभित्र ब्लड जमेकाले अप्रशेनका लागि औषधि सेवन गर्नुपर्ने डाक्टरको सुझाव अनुसार अप्रेशन गर्न र नियमित औषधि सेवन गर्ने बातावरण बनाइदिन पत्नी विमलाले सम्बन्धित पक्षसँग आग्रह गरेकी छिन् । उनले अन्नपूर्णसँग भनिन्,“उहाँ (पती)को चोट गम्भीर छ । विनासर्त रिहा गरि उपचार व्यवस्थापन गर्न आग्रह गर्छु ।'

यता ताप्लेजुङ जिल्ला इन्चार्ज आशिषले अस्पतालबाटै प्रहरीले गिरफ्तार गरेकोप्रति आपत्ति जनाएका छन् । सुमनलाई विना सर्त रिहा नगरिए संगठन र कार्यकर्ता रक्षाका लागि पार्टीले प्रतिकार गर्ने चेतावनी दिएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.