केपी ओलीका प्रतिष्पर्धी भन्छन्- एक मतले जित्छु

केपी ओलीका प्रतिष्पर्धी भन्छन्- एक मतले जित्छु

दमकः एमाले अध्यक्ष केपी ओलीलाई आफूले एक मतले पराजित गर्ने काँग्रेस झापा क्षेत्र नम्बर ५ का उम्मेदवार डा. खगेन्द्र अधिकारीले ठोकुवा गरेका छन् । चुनाव प्रचार प्रसारमा सबैले आफूलाई र ओलीलाई पनि भोट दिन्छु भनेकोले जनताको मत बराबरी आउने बताए । यद्यपी उनले ओलीको मतदाता नामावलीमा नाम नरहेकोले भोट आफूले आफैंलाई हाल्न नपाउने भएकोले एक मतले जित्ने दाबी गरे ।

 

 उनले भने- ‘मेरो मतदाता नामावलीमा नाम छ त्यसैले म आफूलाई आफैले भोट हाल्न सक्छु तर ओलीको नामावली नभएकोले उनले एक मतले पराजय भोग्नु पर्नेछ । ' शुक्रबार बिहान दमकमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आफूलाई धेरै ठाउमा केपी ओलीसँग निहु खोज्न किन आएको भन्ने गरेको प्रसँग सुनाउदै ओली कुनै कालभैरब नभएको टिप्पणी गरे ।

उनले भने,‘ओली कुनै काल भैरब हैनन् जोसँग म डराउनु परोस् ।' आफ्ना प्रतिष्पर्धी ओली साधारण मान्छे भएकोले आफूलाई कहिले पनि डर नलाग्ने गरेको उनले बताए । ओली राजनीतिमा आफू भन्दा खारिएको मान्छे भएको बताउदै अधिकारीले आफू पनि शिक्षामा खारिएकै मान्छे रहेको बताए । लोकतन्त्र नै संकटमा परेको बेला पार्टीले आफूलाई बिश्वास गरेर टिकट दिएको बताउदै उनले यहीँ क्षेत्रका जनताको नोकर बने। बस्न चाहेको बताए ।

उनले भने-‘साढे सत्र बर्ष सरकारको नोकर भएर काम गरे अब जनताको नोकर भएर काम गर्न आएको छु । मलाई राटो नराखी खेत जोत्न आउँछ बिश्वास गरेर हेर्नुस ।' उनले बाम गठबन्धनको ध्रुबिकरणले मुलुकलाई अधोगतिको दिशामा उन्मुख गराएको बताउदै यसलाई रोक्न लोकतान्त्रिक शक्तिहरु एक ठाउमा उभिन आवश्यक रहेको बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.