हाइड्रोपावर इञ्जिनियरिङप्रति आकर्षण बढ्दो

हाइड्रोपावर इञ्जिनियरिङप्रति आकर्षण बढ्दो

सुर्खेत : मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा हाइड्रोपावर इञ्जिनियरिङप्रति आकर्षण बढ्दो छ । हाइड्रोपावरको विकासँगै अध्ययन गर्ने विद्यार्थीको आकर्षण बढ्दै गएको हो ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा सिभिल, हाइड्रोपावर र कम्प्युटर इञ्जिनियरिङ अध्ययापन भइरहेको छ । विश्वविद्यालयका उपप्रध्यापक माधव रिजालका अनुसार सिभिल र कम्प्युटरको तुलनामा हाइड्रोपावर इञ्जिनियरिङमा विद्यार्थीको आकर्षण बढ्दै गएको हो । विश्वविद्यालयले सिभिलमा ९६, हाइड्रोपावरमा ४८ र कम्प्युटर इञ्जिनियरिङमा ४८ जनाको कोटा तय गरेको छ । उपप्रध्यापक रिजाल भन्छन्,‘हाइड्रोपावरमा कोटा सीमित भएपनि तीनचार गुणा भन्दा बढी विद्यार्थीको आवेदन पर्ने गरेको छ'

मध्यपश्चिमाञ्चल विश्वविद्यालयले गत वर्षदेखि हाइड्रोपावर इञ्जिनियरिङ सुरु गरेको हो । अहिलेसम्म अन्य विश्वविद्यालयले हाइड्रोपावर इञ्जिनियरिङ सुरु गरेका छैनन् ।मध्यपश्चिमाञ्चाल विश्वविद्यालय अन्र्तगत इञ्जिनियरिङ संकायका निमित्त डीन विरेन्द्र खड्काले हाइड्रोपावर इञ्जिनियरिङ प्रभावकारीरुपमा सञ्चालन गर्ने तयारी भएको जानकारी दिए । ‘अहिले पाठ्यक्रम परिमार्जन गर्ने काम भइरहेको छ, हाइड्रोपावर इञ्जिनियरिङ प्रभावकारी बनाउन हाम्रो ध्येय हो' उनले भने ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयले हाइड्रोपावर इञ्जिनियरिङ पाठ्यक्रम परिमार्जन गर्नका लागि विज्ञसँग अन्तरक्रियासमेत गरेको छ । कार्यक्रममा बोल्दै मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा उपेन्द्रकुमार कोइरालाले विश्वविद्यालयले हाइड्रोपावर इञ्जिनियरिङलाई उच्च प्राथमिकता दिने बताए । प्राडा दुर्गाप्रसाद संग्रौलाले हाइड्रोपावर इञ्जिनियरिङको व्यवस्थापन गर्न चुनौति देखिए पनि हाइड्रोपावर क्षेत्रका लागि कोशेढुंगा सावित हुने बताए ।
कार्यक्रममा प्राडा गोकर्ण मोत्रा, प्राड हरिकृष्ण श्रेष्ठलागयतले समयसापेक्ष पाठ्यक्रम निर्माण गर्न जोड दिएका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.