कांग्रेसलाई सहयोग नगरेको भन्दै पत्नीलार्इ घर निकाला

कांग्रेसलाई सहयोग नगरेको भन्दै पत्नीलार्इ घर निकाला

गमगढी : आफूले रोजेको पार्टीलाई सहयोग नगरेको भन्दै निमा छिरिङ तामाङले दुई छोरा–छोरीसहित पत्नीलाई घर निकाला गरेका छन्। जिल्लाको पूर्वी क्षेत्र मुगुम कार्मारोङ्ग गाँउपालिका-८ माँग्री गाउँका ३१ वर्षीय तामाङले आफ्नो पार्टी नेपाली कांग्रेसलाई सहयोग नगरेको भन्दै पत्नी २६ वर्षीया कर्मा छुइकित तामाङलाई घर निकाला गरेका हुन्।

पत्नी कर्माले वैशाखामा सम्पन्न स्थानीय तहको निर्वाचनमा एमालेलाई मतदान गरेको र मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचनमा समेत एमालेलाई सहयोग गर्न लागेको भन्दै पत्नीसहित दुई नबालक छोरा–छोरीलाई घर निकाला गरेका हुन्।

वैशाखमा सम्पन्न स्थानीय चुनावमा निमाकी आमा एमालेको तर्फबाट वडा सदस्यमा विजयी भएकी थिइन्। निमाले पत्नी कर्माले आफ्नी आमालाई चुनावी प्रचारप्रसारमा सहयोग गरेको र आफूले भनेको मान्छेलाई मतदान नगरी सासुसहित सबै एमालेका उम्मेदवारलाई भोट दिएको आक्रोश अहिलेको चुनावमा पोखेका हुन्।

यही विषयलाई लिएर निमाले पहिलो पटक गएको जेठ ५ गते पत्नी कर्मालाई कुटपिट गरी घर निकाला गरेका थिए। गाँउलेले जेठ १० गते दुबै जनालाई मिलापत्र गरी निमाको घरमा पठाएका भएपनि कार्तिक १२ गते पुन निमाले पत्नी कर्मालाई मंसिर १० को चुनावमा एमालेलाई सहयोग गर्न लागेको भन्दै कुटपिट गरेर घर निकाला गरेको सोही वडाका सोनाम तामाङले अन्नपूर्णलाई जानकारी दिए।

आफूले भनेको पार्टीलाई सहयोग नगरेको नाममा पत्नीमाथि कुटपिट गर्दै निमाले घरबाट निकालेपछि कर्मा दुई छोरा–छोरीसहित छिमेकिको घरमा कोठा मागेर बस्दै आएकी छिन्। यद्यपी कर्माले श्रीमानले घरबाट निकाले पनि न्यायका निम्ति कुनै निकायमा उजुरी नदिएको उनका छिमेकीले बताएका छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.