कांग्रेसले जिल्ला-जिल्लामा केन्द्रीय प्रतिनिधि पठाउने
काठमाडौं: नेपाली कांग्रेसले आसन्न प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा केन्द्रबाट प्रतिनिधि पठाउने भएको छ। पहिलो र दोस्रो चरणको निर्वाचनलार्इ लक्षित गर्दै कांग्रेसले केन्द्रीय प्रतिनिधि पठाउने निर्णय गरेको छ।
शुक्रबार बसेको केन्द्रीय निर्वाचन परिचालन समितिको बैठकले कांग्रेसका उम्मेदवारको पक्षमा चुनावी प्रचारप्रसार गर्ने, समन्वय गर्ने, कार्यकर्ता परिचालन गर्ने लगायतका कामहरु केन्द्रीय प्रतिनिधिले गर्ने पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए। यस्तै कांग्रेसले जिल्ला सम्पर्क समितिलाई पनि निर्वाचनमा परिचालन गर्ने निर्णय गरेको छ।
बालकृष्ण खाँणको नेतृत्वमा रहेको केन्द्रीय निर्वाचन परिचालन समितिको बैठकले लोकतन्त्रको रक्षाका लागि सक्रिय भएर निर्वाचनमा खटिन पार्टीका नेता, कार्यकर्तालार्इ आह्वानसमेत गरेको छ।