रुकुममा जनार्दन शर्मा चढेको गाडीलाई लक्षित गरी बम प्रहार

रुकुममा जनार्दन शर्मा चढेको गाडीलाई लक्षित गरी बम प्रहार

रुकुम: नेकपा माओबादीका नेता तथा रुकुम प्रतिनिधीसभाका उम्मेदवार जनार्दन शर्मा चढेको चुनाबी गाडिमा बम प्रहार भएको छ। बिहीबार चौरजहारी नगरपालिका ८, गोईरीमा शर्मा चढेको गाडिलाई लक्षित गरेर बम प्रहार भएको जिल्ला प्रहरी कार्यालय पश्चिम रुकुमका प्रमुख राजेन्द्र प्रसाद धमलाले जानकारी दिए।

 

उनका अनुसार सुरक्षाकर्मी र कार्यकर्ताहरुको उच्च सजकताका कारण कुनै मानबिय क्षति भने भएको छैन। प्रहरी प्रमुख धमलाका अनुसार शर्माको गाडिलाई लक्षित गरेर प्रहार गरिएका दुई वटा बम कुनै शक्तिशाली नभएर सामान्य घरायसी समानबाट बनाईएका बम भएको बताए।

बम कुन ब्यक्ति वा समुहले प्रहार गरेको हो भन्ने कुनै एकिन नभएपनि निर्बाचन बिथोल्न खोज्ने समुहबाट त्यस्तो गतिबिधी भएको र अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ। चुनाव बिथोल्ने अभियानमा रहेको नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी रुकुमले केहि दिनअघि पुर्वगृहमन्त्री तथा हालका बिना बिभागीय मन्त्री शर्माको घरमा दलाल संसदीय ब्यवस्था मुर्दाबाद लेखिएको कालो ब्यानर झुण्ड्याएका थिए।

उक्त कार्य सगै जिल्लामा समग्र निर्वाचन निर्बाचन बिथोल्ने अभियानमा सहभागीता जनाएको भन्दै नेपाल कम्युनिष्ट पार्टीका २ जना कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा दिएर सार्बजनिक अपराध मुद्धा चलाएको छ।

यसबैबिच निर्बाचन प्रचार अभियानमा रहेको बेला सयुक्त बाम गठबन्धनबाट रुकुम प्रतिनिधि सभाका उम्मेदवार शर्मा चढेको गाडिमाथी बम प्रहार भएको घटनाप्रति बाम गठबन्धन रुकुमले आजै एक प्रेस बिज्ञप्ती जारी गरेर घटनाको घोर भत्सना गरेको छ।

बाम गठबन्धनको तर्फबाट पार्टी एकता संयोजन समितिका संयोजकद्धय राजकुमार शर्मा र शेरबहादुर केसीद्धारा हस्ताक्षर गरिएको विज्ञप्तीमा जनमतबाट परास्त तत्वले अन्तत भौतिक हमलाको घृणित चलखेल गरेको भन्दै अरु कुनै भ्रममा नपरि निर्वाचन अभियानमा सक्रिय रहन मतदातादाई अनुरोध पनि गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.