वाम गठबन्धन र कांग्रेस कार्यकर्ताबीच झडप, कांग्रेसका कोषाध्यक्ष घाइते

वाम गठबन्धन र कांग्रेस कार्यकर्ताबीच झडप, कांग्रेसका कोषाध्यक्ष घाइते

सोलुखुम्बुः सोताङमा वाम गठबन्धन र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ। शुक्रबार भएको झडपमा वाम गठबन्धनका घनश्याम नेपाली र कांग्रेसका जिल्ला कोषाध्यक्ष पेमा तामाङ घाइते भएको प्रहरीले जनाएको छ।

घाइते नेपालीको सोताङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा तथा तामाङलाई उपचारका लागि हेलिकप्टरमा काठमाडौँ लगिएको छ।

वाम गठबन्धनले पूर्व निर्धारीत कार्यक्रमअन्तर्गत सोताङ बजारमा चुनावी जनसभा आयोजना गरेको थियो। कार्यक्रम तयारीको क्रममा वाम गठबन्धन र कांग्रेस कार्यकर्ताबीच विवाद भएपछि झडप भएको हो।

सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै प्रहरी निरीक्षकको संयोजकत्वमा थप प्रहरी टोली घटनास्थलमा पठाएको प्रहरी नायब उपरीक्षक रेशमबहादुर पराजुलीले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.