पूर्वकमाण्डरलाई प्रचण्डको जवाफ : म पनि पूर्वसुप्रिम कमाण्डर भएँ

पूर्वकमाण्डरलाई प्रचण्डको जवाफ : म पनि पूर्वसुप्रिम कमाण्डर भएँ

चितवन : पूर्वप्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले आफू पनि पूर्वसुप्रिम कमाण्डर भएको बताएका छन्। ‘तपाईहरुलाई हामी पूर्वजनमुक्ति सेना भयौं, हाम्रो भूमिका पार्टीले बुझेन भन्ने लागेको होला’ चितवनका पूर्वजनमुक्ति सेनाका कमाण्डरसँग अन्तरक्रिया गर्दै प्रचण्डले भने, ‘तपाईहरु मात्र होइन, म पनि पूर्व नै भएँ। तपाईहरु पूर्वजनमुक्ति सेना हुनुभयो, म पनि पूर्वसुप्रिम कमाण्डर भएँ।’

प्रचण्डले पूर्वजनमुक्ति सेनाका समस्या आफूले बुझेको बताए। ‘तपाईहरुका समस्या मैले भुलेको छैन। पार्टी एकता हुँदैछ, एकतापछि बन्ने पार्टीले पनि तपाईहरुको योगदानको सम्मान गर्छ, तपाईहरुको भविष्यबारे सोच्छ’, प्रचण्डले थप भने, ‘सोझो बाटो हिडेको भएँ हामी सबै मारिन सक्थ्यौं। विश्वमा धेरै पार्टी र क्रान्ति ध्वस्त भएका छन्। अगाडि एम्बुस छ भने थाहा हुँदाहुँदै त्यही बाटो हिड्नु गल्ती हुन्थ्यो, हामीले एम्बुसमा पर्ने गल्ती गरेनौं। अहिलेलाई हाम्रो यही बाटोलाई सही भनौँ।’

प्रचण्डले अहिले समाजवादी क्रान्तिका लागि एउटै पार्टी बनाउने ध्यानमा लागेको दाबी समेत पूर्वजनमुक्ति सेनासँग गरे। ‘बन्दुक र बारुदको बाटो छोडेर हामी समाजवादी क्रान्तिका लागि नेपालमा एउटै केन्द्र बनाउने ठाउँमा आएका छौँ’, प्रचण्डले भने, ‘अब शान्तिपूर्ण प्रतिस्पर्धाबाटै हामी समाजवादमा पुग्छौं, राष्ट्रिय पूँजीको विकास अबको हाम्रो कार्यभार हो।’

अन्तरिक्रियामा पूर्वजनमुक्ति सेनाका कमाण्डरले पूर्वजनमुक्ति सेनाको उचित सम्मान र जीवन निर्वाहलाई व्यवस्थित गर्न अनुरोध गरे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.