ओलीको अध्यक्षतामा निर्वाचन परिचालन कमिटी
काठमाडौं: एमालेले पार्टी अध्यक्ष केपी ओलीको संयोजकत्वमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि २७ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ।
चुनावमा उम्मेदवार नबनेका नेता÷कार्यकर्तालाई परिचालन कमिटीमा राखिएको छ। कमिटीमा अमृतकुमार बोहरा, मुकुन्द न्यौपाने, डा.पुष्पराज कँडेल, विष्णु रिमाल, रघुजी पन्त, वेदुराम भुसाल, डा.विजय पौडेल, अग्नि खरेल, विन्दा पाण्डे, युवराज कार्की, सावित्रा भुसाल, लालबाबु यादव, डा. युवराज खतिवडा, रमेश सिलवाल, हरि फुँयाल र रुद्र नेपाल सदस्य छन्।
प्रचार विभाग सचिव विष्णु रिजालका अनुसार परिचालन कमिटीमा रमेश बडाल, केदार सञ्जेल, बाबुराम दाहाल, डा. सुमित्रा अमात्य, शर्मिला कार्की, मीना ज्ञवाली, खेमराज पौडेल, विष्णु लम्साल, लोकबहादुर भण्डारी र रामचन्द्र बोहरा सदस्य छन्।