‘कसरी भोट हाल्ने कसैले सिकाउँदैनन्'

‘कसरी भोट हाल्ने कसैले सिकाउँदैनन्'

काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै गर्दा राजधानीकै मतदातासमेत कसरी भोट हाल्ने भन्ने अन्योलमा छन्। निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रमका लागि अर्बौं विनियोजन गरे पनि प्रभावकारी रूपमा कार्यक्रम सञ्चालन हुन नसक्दा मतदाता अन्योलमा परेका हुन्। मुख्य गरी प्रदेशसभाको मतपत्रका विषयमा मतदाता अल्मलिएको पाइएको छ।

राजधानीका कतिपय मतदातालाई त आफ्नो नाम प्रनिनिधिसभा र प्रदेशसभाको कुन क्षेत्रमा छ भन्ने समेत जानकारी छैन। डल्लु, स्वयम्भू, वसन्तपुर, माछापोखरी, बालाजु, वनस्थली, नागार्जुन क्षेत्रका मतदाताले कसरी भोट राख्ने भन्ने विषयमा कसैले नसिकाएको गुनासो गरेका छन्।

काठमाडौं-८ को डल्लु आवास क्षेत्रका सुरेश महर्जनले नेता भोट माग्न आए पनि भोट हाल्ने प्रक्रियाबारे नसिकाएको बताए। ‘हामी यहाँको प्रदेशसभाको कति नम्बरमा पर्छौं भन्नेसमेत थाहा छैन', उनले भने। सोही क्षेत्रका राममान डंगोलले गुनासो पोखे, ‘कतिवटा मतपत्र हुन्छन् र कति ठाउँमा भोट राख्ने हो भन्ने थाहै नपाई कसरी भोट हाल्ने ? '



आयोगले मतदाता शिक्षा कार्यक्रमका लागि अर्बौं विनियोजन गरे पनि प्रभावकारी रूपमा कार्यक्रम सञ्चालन हुन नसक्दा मतदाता अन्योलमा परेका हुन्।

बालाजु औद्योगिक क्षेत्रका हरिराम शर्माले प्रतिनिधिसभाका लागि क्षेत्र ७ मा परेको भए पनि प्रदेशसभाको क्षेत्रबारे जानकारी नभएको बताए। ‘कसैले दुई ठाउँमा भोट हाल्ने भन्छन्, कसैले तीन-चार ठाउँमा भन्छन्,' उनले भने, ‘व्यक्तिपिच्छेका कुराले अन्योलमा परेका छौं।' क्षेत्र ७ कै शेषमतीका राजन अर्यालले पनि प्रदेशसभाको कति नम्बर क्षेत्रमा आफ्नो नामावली छ भन्ने थाहा नभएको बताए।

‘आयोगले राजधानीमा त मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न सकेको छैन भने मुलुकका अन्य जिल्ला र भूभागको अवस्था कस्तो होला ? ' वनस्थलीका महेश श्रेष्ठले भने।

काठमाडौंका १० क्षेत्र
क्षेत्र १ - कामपा १०, ११, २९, २१
क्षेत्र २ - कामपा ९, ३२, कागेश्वरी मनहरा नपा ४, ५, ६, ७, ८, ९ र शंखरापुर नपा
क्षेत्र ३ - कामपा ६, गोकर्णेश्वर नपा, कागेश्वरी नपा १, २, ३
क्षेत्र ४ - कामपा १, ७, ८, ३०, बूढानीलकण्ठ नपा १, २, ८, ९, १०, ११, १२, १३
क्षेत्र ५ - कामपा २, ३, ४, ५, बूढानीलकण्ठ नपा ३, ४, ५, ६, ७ र टोखा नपा २, ३, ४, ५, ६, ७
क्षेत्र ६ - कामपा २६, २७, २८, तारकेश्वर नपा १, २, ६, ७, ८, ९, १०, ११ र टोखा नपा १, ८, ९, १०, ११
क्षेत्र ७ - कामपा १६, १७, १८, २५, नागार्जुन नपा १, २, ३ र तारकेश्वर नपा ३, ४, ५
क्षेत्र ८ - कामपा १३, १५, १९, २०, २३, २४ र नागार्जुन नपा ४ र ५
क्षेत्र ९ - कामपा १२, १४, २१, २२, चन्द्रागिरि नपा १, १२, १३, १४, १५ र नागार्जुन नपा ६, ७, ८, ९ र १०
क्षेत्र १० - चन्द्रागिरि नपा २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११ तथा दक्षिणकाली नपा र कीर्तिपुर नपा पूरै


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.