‘प्रदेश २ मा बहुमत ल्याउँछौं'

‘प्रदेश २ मा बहुमत ल्याउँछौं'

 

काठमाडौं : गठबन्धन बनाएर निर्वाचनमा होमिएका संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीले प्रदेश २ मा बहुमतको सरकार बनाउने दाबी गरेका छन् । स्थानीय तह निर्वाचनमा कुल ५१ स्थानमा जित्दै कांग्रेस र वाम गठबन्धनलाई पछाडि पारेका उनीहरूले प्रतिनिधिसभाका ३२ र प्रदेशसभाका ६४ स्थानमध्ये बहुमत सिट जित्ने दाबी गरेका हुन् ।

अन्तिम समयसम्म प्रदेश २ मा ६० प्रतिशत सिट दाबीसहित कांग्रेससँग तालमेल प्रयास गरेका उनीहरूले आठवटै जिल्लामा कांग्रेससँगै प्रतिस्पर्धा हुने बताएका छन् । गठबन्धनका नेता तथा पर्सा क्षेत्र ४ का उम्मेदवार लक्ष्मणलाल कर्णले प्रदेश २ मा कांग्रेससँग प्रतिस्पर्धा हुने बताए । बारा, पर्सा, सर्लाही र रौतहटमा गठबन्धनको पक्षमा लहर आएको उनले दाबी गरे ।

वाम गठबन्धनका बलिया नेता माधवकुमार नेपाल काठमाडौं-२ मा गएपछि यहाँको चुनावी माहोल मधेसी गठबन्धनको पक्षमा आएको कर्णले बताए । ‘प्रदेश २ का दुवै सदनमा बहुमत हासिल गर्नु गठबन्धनको उद्देश्य हो', उनले भने, ‘हामी प्रदेश २ मा सरकार गठन गर्ने गरी चुनावी अभियानमा छौं ।'
‘पहिचानसहितको संघीयता र संघीयतासहितको संविधान' मूल नारा तय गरेर अघि बढेको मधेसी गठबन्धनले १३ महिने मधेस आन्दोलन र सातमहिने नाकाबन्दीलाई जितको प्रमुख आधार मानेको छ ।

मधेसी गठबन्धनले १३ महिने मधेस आन्दोलन र सातमहिने नाकाबन्दीलाई जितको प्रमुख आधार मानेको छ ।

फोरम नेपालका महासचिव एवं पर्सा प्रदेशसभा क्षेत्र १ ‘ख' का उम्मेदवार लालबाबु राउतले प्रतिनिधिसभातर्फ १८ र प्रदेशसभामा ४० हाराहारी सिट जित्ने दाबी गरे । राजपा महासचिव केशव झाले अहिलेसम्मको माहोल हेर्दा गठबन्धनको चुनावी प्रतिस्पर्धा कांग्रेससँगै रहेको बताए । उनले भने, ‘मधेस आन्दोलनका योद्धा मधेसी समुदाय स्थानीय चुनावमा भन्दा प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा अझै सक्रिय रहेकाले परिणाम सोचेभन्दा राम्रो हुन्छ ।'

फोरम नेपालका नेता शिवजी यादवले फोरम अध्यक्ष यादव र राजपा अध्यक्ष ठाकुरले सहजै जित्ने र अध्यक्षमण्डलका अन्य नेता पनि अग्रमोर्चामा रहेको बताए । उनले सप्तरी, सिरहा, धनुषा र महोत्तरीमा सहजै बहुमत सिट जित्ने दाबीसमेत गरे । मोर्चाका प्रमुख नेतामध्ये उपेन्द्र सप्तरी-२, महन्थ महोत्तरी-३, राजेन्द्र धनुषा-३, शरत्सिंह महोत्तरी-२, महेन्द्र सर्लाही-२, राजकिशोर सिरहा-४ र अनिल रौतहट-१ बाट उम्मेदवार छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.