देउवा पाँचथर आउँदै
पाँचथर : प्रधानमन्त्री शेरबहादुर देउवा शनिबार पाँचथर आउने भएका छन् । किरातका महागुरु फाल्गुनन्दको जन्मोत्सवको अवसरमा पाँचथरकोे लब्रेकुटीमा हुने कार्यक्रममा सहभागी हुन देउवाा पाँचथर आउन लागेका हुन् ।
देउवा ताप्लेजुङमा आयोजित चुनावी सभालाई सम्बोधन गरेर पाँचथर आउने तयारीमा छन् । उनले शनिबार दिउँसो १ बजे उक्त कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको आयोजकले बताएका छन्