एसीसी यू-१९ एसिया कप : ब्याटिङसँग जोडिएको नेपालको आशा

एसीसी यू-१९ एसिया कप : ब्याटिङसँग जोडिएको नेपालको आशा

काठमाडौं : एसीसी यू-१९ युथ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले शनिबार बंगलादेशविरुद्धको खेलसँगै आफ्नो यात्रा सुरु गर्दैछ । अन्य प्रतियोगितामा प्रतिस्पर्धा गरिरहे पनि टेस्ट मान्यता पाएको बंगलादेशको युवा टोलीविरुद्ध यू-१९ एसिया कपमा नेपालले पहिलोपटक प्रतिस्पर्धा गर्न लागेको हो । सन् २०१२ बाट सुरु भएको यू-१९ एसिया कपमा नेपालले यसअघिका तीनमध्ये कुनै पनि संस्करणमा बंगलादेशसँग प्रतिस्पर्धा गरेको छैन ।

नेपालकै समूहमा रहेको साविक विजेता भारतले पहिलो दिन शुक्रबार आयोजक मलेसियालाई दुई सय दुई रनले हरायो । उक्त नतिजापछि नेपालले सेमिफाइनल प्रवेशका लागि बंगलादेशविरुद्धको खेल जित्नैपर्ने दबाब बढेको छ । बंगलादेशसँग पराजित भए समूह ‘ए’बाट सेमिफाइनल पुग्ने नेपालको सम्भावना निकै कठिन हुनेछ । प्रतियोगिताको दुई समूहका विजेता र उपविजेता टोली सेमिफाइनलमा पुग्ने प्रावधान छ ।

नेपालले प्रतियोगिताका लागि मलेसिया प्रस्थान गर्नुअघि बंगलादेशसँग उसकै मैदानमा तीनवटा अभ्यास खेल खेलेको थियो । तीनमध्ये सुरुआती दुई अभ्यास खेलमा पराजय बेहोरेको नेपालले अन्तिम खेलमा भने जित हात पारेको थियो । सुरुआती ब्याट्सम्यान मोहम्मद आसिफ सेखले ९० रन प्रहार गरेपछि नेपालले दुई सय २६ रनको लक्ष्य ४६.३ ओभरमा चार विकेट गुमाउँदै पूरा गरेको थियो । आसिफबाहेक अर्का सुरुआती ब्याट्सम्यान जितेन्द्र सिंहले पनि ४५ रन बनाएका थिए ।

त्यसअघिका दुई खेलमा नेपाली टोलीले बलिङतर्फ सन्तोषजनक प्रदर्शन गरे पनि ब्याटिङ नचल्दा पराजय बेहोर्नु परेको थियो । पहिलो अभ्यास खेलमा आसिफले ३२ रन र दोस्रो अभ्यास खेलमा रसिद खानले २४ रन बनाएका थिए । अन्य ब्याट्सम्यानले भने त्योभन्दा बढी रन बनाउन सकेका थिएनन् । त्यसैले बंगलादेशविरुद्ध शनिबारको खेलमा नेपाली टोलीको जितका लागि ब्याटिङ नै चिन्ताको विषय बनेको छ ।

नेपाली युवा टोलीले पछिल्लो समय ब्याटिङमा निकै संघर्ष गरिरहेको छ । यसअघि गत जुलाईमा सिंगापुरमा भएको यू-१९ विश्वकपको एसियाली छनोटमा पनि ब्याटिङकै कारण नेपाली युवा टोली पछि परेको थियो । नेपालले गत सेप्टेम्बरमा मलेसियामै भएको यसै प्रतियोगिताको छनोट खेलमा समेत बलियो टोलीविरुद्ध निरन्तर विकेट गुमाएको थियो । त्यसैले बंगलादेशलाई पराजित गर्न नेपालले बलिङमा मात्रै राम्रो गरेर पुग्नेछैन, ब्याटिङमा पनि राम्रो प्रदर्शन गर्नुपर्नेछ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.