जो आफैंलाई भोट हाल्न पाउँदनन्

जो आफैंलाई भोट हाल्न पाउँदनन्

 

तुलसीपुर : प्रदेश तथा प्रतिनिधिसभाका लागि दाङका केही उम्मेदवारले आफैं मत हाल्न नपाउने भएका छन्। आफू उम्मेदवार भएको क्षेत्रको मतदाता नामावलीमा आफ्नो नाम नभएकाले यो अवस्था आएको हो।

जिल्लाका तीन निर्वाचन क्षेत्रअन्तर्गत क्षेत्र २ का कांग्रेसका एक र वाम गठबन्धनका तीन उम्मेदवारको आफ्नो क्षेत्रमा मताधिकार छैन। उम्मेदवारी दिन जुनसुकै जिल्लाको मतदाता भए पनि पाइने व्यवस्थाले जिल्लामा चार उम्मेदवार मताधिकारविहीन बनेका हुन्।

प्रतिनिधिसभाका लागि दाङ क्षेत्र २ बाट वाम गठबन्धनका नेता कृष्णबहादुर महरा, प्रदेशसभातर्फ २ ‘क' का एमाले नेता शंकर पोखरेल, यही क्षेत्रबाट कांग्रेस उम्मेदवार कमलकिशोर घिमिरे र क्षेत्र २ ‘ख' का वाम गठबन्धनका उम्मेदवार अमरबहादुर डाँगीले आफैंलाई मतदान गर्न नपाउने भएका हुन्। यी चारै जनाको मतदाता नामावली अन्य क्षेत्र र जिल्लामा छ।

उम्मेदवार आफैंले भोट हाल्ने अधिकार नपाउने भएपछि स्थानीयले तिनलाई पाहुना उम्मेदवारका रूपमा चित्रण गर्न थालेका छन्। विशेष रूपमा हेरिएको दाङ क्षेत्र २ लाई पाहुना उम्मेदवारले अझ रोचक बनाएका छन्।

महराको मतदाता नामावली रोल्पा जिल्लामा छ। त्यसैगरी, प्रदेशसभामा उम्मेदवारी दिएका एमाले नेता शंकर पोखरेलको नाम दाङको २ ‘ख' मा छ। उनले बिजौरी जनता क्याम्पसबाट मतदान गर्नेछन्। उक्त क्षेत्र २ ‘क' अन्तर्गत पर्छ। २ ‘क' बाटै कांग्रेसका तर्फबाट उम्मेदवारी दिएका कमलकिशोर घिमिरेको नामावली दाङ क्षेत्र १ ‘ख' मा छ।

दाङ क्षेत्र नम्बर २ का कृष्णबहादुर महरा, शंकर पोखरेल, अमरबहादुर डाँगी र कमलकिशोर घिमिरे आफैंलाई भोट हाल्न नपाउने उम्मेदवार हुन्।

त्यस्तै, अमरबहादुर डाँगी २ ‘ख' बाट गठबन्धनका उम्मेदवार हुन्। उनको सोही क्षेत्रको २ ‘क' बाट मतदान गर्नेछन्। क्षेत्र १ मा एमालेका मेटमणि चौधरी र कांग्रेसकी सुशीला चौधरीबीच प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धा हुँदै छ। प्रदेश ‘क' बाट कांग्रेसका प्रदीप थापा र माओवादी केन्द्रका इन्द्रजित थारू चुनावी प्रतिस्पर्धामा छन्। ‘ख' मा एमालेका रेवतीरमण शर्मा र कांग्रेसका जानकीलाल बस्नेत प्रतिस्पर्धामा छन्। विशेष चासोका साथ हेरिएको क्षेत्र २ मा माओवादी केन्द्रका कृष्णबहादुर महरा र कांग्रेसका राजु खनालबीच कडा टक्कर हुने अनुमान गरिन्छ।

त्यस्तै, क्षेत्र २ को ‘क' बाट कांग्रेसका कमलकिशोर घिमिरे र एमालेका शंकर पोखरेलबीच पनि कडा प्रतिस्पर्धा हुने देखिएको छ। २ मा कांग्रेसका भरतबहादुर न्यौपाने र एमालेका अमरबहादुर डाँगीको प्रतिस्पर्धा छ। ३ नं क्षेत्रमा कांग्रेसका दीपक गिरी र एमालेका हीराचन्द्र केसीबीच प्रतिस्पर्धा हुँदै छ। ३ को १ मा कांग्रेसका डिल्लीबहादुर चौधरी र माओवादीका जगप्रसाद शर्मा प्रतिस्पर्धामा छन्। २ मा कांग्रेसका बुद्धिराम भण्डारी र एमालेका उत्तर ओलीबीच कडा प्रतिस्पर्धा देखिएको छ।तीनवटा निर्वाचन क्षेत्र रहेको दाङमा तीन लाख ३८ हजार ९ सय ५३ मतदाता छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.