एसीसी यू -१९ एसिया कप : नेपाल-बंगलादेश भिड्दै (लाइभ)
![एसीसी यू -१९ एसिया कप : नेपाल-बंगलादेश भिड्दै (लाइभ)](https://annapurnapost.prixacdn.net/media/albums/nep_vs_bangaladesh-5a066e843cc8d8.26268308_8I06vAU5xE.jpg)
काठमाडौं : शुक्रबारदेखि मलेसियामा सुरु भएको एसीसी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत नेपालले अहिले बंगलादेशविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ । क्वावालम्पुरको किनरारा मैदानमा जारी खेलमा बंगलादेशले टस जितेर नेपाललाई व्याटिङको निम्तो दिएको थियो। ४०.१ ओभरमा ६ विकेटको क्षतिमा नेपालले १६७ रन बनाएको छ पानी पर्न थालेपछि खेल रोकिएको थियो । १८१ रनको लक्ष पाएर अहिले बंगलादेशले व्याटिङ गरिरहेको छ।
एसीसी यू-१९ एसियाकपमा ८ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् । नेपाल रहेको समूह ए मा नेपालसहित भारत, बंगलादेश र मलेसिया रहेका छन् भने समूह बी मा श्रीलंका, अफगानिस्तान, पाकिस्तान र युएई रहेका छन्। वर्षाका कारण खेल सुरु हुन केही समय ढिलो भएपछि ४३ ओभरमा झारिएको छ।
लाइभ
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)