नेपालको दोस्रो विकेट पतन, १९ रनमा अनिलकुमार शाह आउट
![नेपालको दोस्रो विकेट पतन, १९ रनमा अनिलकुमार शाह आउट](https://annapurnapost.prixacdn.net/media/albums/nep_ban-5a067ad65f7f95.72621163_XharATM5BM.jpg)
काठमाडौं : नेपालको दोस्रो विकेट गुम्यो लयमा व्याटिङ गरिरहेका अनिलकुमार शाह आउट भएका छन् । २२ बलको सामना गरेका उनले १ छक्का र ३ चौकासहित १९ रन बनाए । व्याटिङमा कप्तान दिपेन्द्रसिंह एेरी आएका छन् । १४ ओभरको समाप्तिमा नेपालको स्कोर ५५ रन भएको छ ।
शुक्रबारदेखि मलेसियामा सुरु भएको एसीसी यू(१९ एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत नेपालले अहिले बंगलादेशविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ । क्वावालम्पुरको किनरारा मैदानमा जारी खेलमा बंगलादेशले टस जितेर नेपाललाई व्याटिङको निम्तो दिएपछि नेपालले व्याटिङ गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)