चौथो विकेट गयो, कप्तान ऐरी आउट
काठमाडौं : नेपालको तेस्रो विकेट गुमेको सुरुदेखि नै निकै सम्मालिएर खेलिरहेका ओपनर आसिफ शेख ३० रनमा आउट भएका छन् । ५२ बलको सामना गरेका उनले ३ चौका प्रहार गरे । दिपेन्द्र एेरीलाई साथ दिन रोहित कुमार पौडेल आएका छन् ।
अपडेट : कप्तान दिपेन्द्रसिंह ऐरी पनि आउट भएका छन् । योसँग नेपालको चौथो विकेट गुमेको छ । ४१ बलको जम्मा १२ रन बनाएर ऐरी आउट भएका छन्
२५ ओभरको खेल सकिँदा नेपालले ४ विकेट गुमाएर ७२ रन बनाएको छ । मलेसियामा जारीएसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत नेपालले अहिले बंगलादेशविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ । क्वावालम्पुरको किनरारा मैदानमा जारी खेलमा बंगलादेशले टस जितेर नेपाललाई व्याटिङको निम्तो दिएको थियो।