वर्षमान पुन सवार गाडीमा एम्बुस बिस्फोट

वर्षमान पुन सवार गाडीमा एम्बुस बिस्फोट

रोल्पा : नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनसहित रोल्पाका प्रतिनिधिसभा र प्रदेशसभा उम्मेदवार एवम् वाम गठबन्धनका नेता कार्यकर्ता सवार गाडीमा बिद्युतीय धरामप (एम्बुस) बिस्फोट भएको छ । एम्बुस विस्फोट गराउनेतर्फ लक्षित गरि प्रहरीले १०र१२ राउन्ड फायर गरेको थियो । करिव एक सय मिटर अगाडि युवा देखेर प्रहरीले फायर समेत गरेको थियो । 

माडी गाउँपालिका १ भिताबाङ र पेडिखोलाको बिच सडकखण्डमा तार बिछ्याएर पुन चढेको बा १५ च ८७२८ गाडीमा एम्बुस गराइएको थियो । सुकीदहको सुखा ओडारमा चुनावी सभा सम्पन्न गरेर शनिबार बिहान राङ्सीको चुनावी सभालाई सम्बोधन गर्न जाने क्रममा पौने ११ बजेतिर बिस्फोट गराइएको हो ।

प्रहरीको गाडी क्रस हुनाबित्तितै वर्षमान पुनसहित माओवादी प्रदेशसभाका उम्मेदवार एवम् पोलिटब्यूरो सदस्य दीपेन्द्रकुमार पुन, प्रतिनिधिसभाका समानुपातिक उम्मेदवार एवं माओवादी केन्द्रकी नेतृ जयपुरी घर्ती, समानुपातिकतर्फका वाम गठबन्धनका उम्मदेवार ईश्वरी घर्ती, कुमार दसौती, कर्मलाल परियार, हरिसरा घर्ती, एमालेका पोलिटब्यूरो सदस्य गोकुल घर्ती, एमालेका जिल्ला अध्यक्ष हरिप्रसाद घर्तीलगायतका सवार गाडी लक्षित गरी गराएको बिस्फोटमा गाडीमा सामान्य क्षति पुगेको छ ।

‘प्रहरी गाडी क्रस हुने बितिकै मेरो गाडी अगाडि बिस्फोट भयो, मलगायत सबै सुरक्षित छौ‌ँ, तर गाडीमा सामान्य क्षती भएको छ’, अन्नपूर्णसँग कुरा गर्दै पुनले भने । उनले घटनाको भत्सर्ना गरेका छन् । उम्मेदवारहरुले घटना भत्सर्ना गर्दै सुरक्षाको ग्यारेन्टी गर्न माग गर्दै दोषीलाई कारबाही गर्न अपिल गरेका छन् । करिब ५० मिटर टाढाबाट तार बिछ्याइएको थियो ।

जिल्ला प्रहरी कार्यलय रोल्पाका प्रहरी नायब निरीक्षक सुदर्शन पन्थीका अनुसार घटनामा संलग्नहरुको खोजीकार्य भइरहेको छ । प्रहरीले चुनावी खारेजी अभियानमा लागेको नेकपाले बम बिस्फोट गराइको आशंका गरेको छ। घर्तीलगायत सबै नेताहरु घर्तीगाउँमा बसेका छन् । थप सुरक्षाका साथ राक्सीको कार्यक्रममा जाने तयारी भइरहेको छ ।

शुक्रबार नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा चढेको गाडी लक्षित गरी रुकुममा बिस्फोट गराइएको थियो ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.