'कांग्रेससँगको गठबन्धनले राप्रपालाई घाटा'

'कांग्रेससँगको गठबन्धनले राप्रपालाई घाटा'

कुश्मा  : राष्ट्रिय प्रजातन्त्र पार्टीका सहमहामन्त्री तथा प्रदेश नम्बर ४ का इन्चार्ज हेमजङ गुरुङले लोकतान्त्रिक गठवन्धनका लागि राप्रपालाई घाटा पुगेको बताएका छन्।

शनिबार पर्वत सदरमुकाम कुश्मा बजारमा आयोजित पत्रकार सम्मेलनमा गुरुङले अहिले गठबन्धन बनाएर निर्वाचनमा जाने समय नभएको बताउँदै कांग्रेस भित्रको किचलोका कारण आफ्नो दललाई बेफाइदा पुगेको बताए। आफ्नो दलले प्रतिनिधिसभामा ७ र प्रदेशमा २७ सिटमा सहमति गरेपनि कांग्रेसभित्रको आन्तरिक विवादले प्रतिनिधिसभामा ४ र प्रदेशका ७ सिटमा चित्त बुझाउनुपरेको उनले बताए। आफ्नो दलले कम सिट पाउँदा सबै जिल्लाहरूमा चुनावी एकता हुन नसकेको उनको भनाई छ।

लोकतान्त्रिक गठबन्धन चुनावी एकताका लागि मात्र भएको बताउँदै उनले एमाले र माओवादी केन्द्र एकीकरण हुन नसक्ने ठोकुवा गरे। पार्टी फुटेर तीन टुक्रा हुँदा ठूलो शक्ति बन्न नसकेको गुनासो उनले  गरे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.