लब्रेकुटीलाई फाल्गुनन्द विकास ट्रष्टको रुपमा विकास गर्छु : प्रधानमन्त्री देउवा

लब्रेकुटीलाई फाल्गुनन्द विकास ट्रष्टको रुपमा विकास गर्छु : प्रधानमन्त्री देउवा

फिदिम : प्रधानमन्त्री शेरबहादुर देउवाले लेब्रेकुटीलाई फाल्गुनन्द विकास ट्रष्टको रुपमा विकास गरिने बताएका छन्। १६ औँ राष्ट्रिय विभुती महागुरु फाल्गुनन्दको १३३ औँ जन्मोत्सवको अवसरमा लब्रेकुटीमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले गौतम बुद्धको जन्मथलो लुम्बिनीमा लुम्बिनी विकास ट्रष्ट बनाएजस्तै महागुरुले तपस्या गरेको लब्रेकुटीलाई फाल्गुनन्द विकास ट्रष्ट बनाइने बताएका हुन्।

 

कांग्रेस सभापति समेत रहेका देउवाले लोकतान्त्रिक शक्तिले धर्मलाई आस्था र शक्तिको रुपमा लिने भएकाले लब्रेकुटी जस्ता धार्मिक पर्यटकीय क्षेत्रको विकास गर्न आफू लागि पर्ने बताएका हुन्। ‘महागुरु फाल्गुनन्दको विचारलाई नेपाली कांग्रेसले अंगिकार गरेको छ,’ देउवाले भने, ‘लोकतान्त्रिक मूल्य मान्यता भएका राजनीतिक दलले मात्र सबै धर्म र समुदायको हित गर्ने भएकाले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा कांग्रेसलाई जिताउन आवश्यक छ।’

आसन्न निर्वाचनमा नेपाली कांग्रेसले दुई तिहाई बहुमत ल्याए नेपालका सबै धर्म र धार्मिक क्षेत्रहको प्रवद्र्धन गर्ने देउवाको भनाइ थियो। ताप्जेजुङमा रहेको पाथिभरको दर्शनपछि तोक्मेडामा कांग्रेसको बृहत चुनावी सभालाई सम्बोधन गरेर पाँचथर आएका देउवाले पहाडका प्राकृतिक धर्मका अग्रदुत तथा शान्तिका अग्रदुत महागुरु फाल्गुनन्दले देखाएको बाटोमा सबै नेपाली हिड्नुपर्ने बताए। किरात धर्म तथा साहित्य उत्थान संघ पाँचथरले आयोजना गरेकोे उक्त कार्यक्रमलाई पूर्व रक्षामन्त्री बालकृष्ण खाँणले समेत सम्बोधन गरेका थिए।

वामपन्थीले धर्मलाई अफिमको रुपमा परिभाषित गरेर धर्महरु मास्न खोजेको खाँणको दाबी छ। ‘नेपालका धर्म, संस्कार र संस्कृतिलाई जोगाउन कांग्रेसलाई जिताउन आवश्यक छ,’ खाँणले भने ‘मंसिर १० गते हुने निर्वाचनमा लोकतान्त्रिक शक्तिलाई जिताए मात्र नेपालका धर्मको उत्थान हुनेछ।’

धार्मिक कार्यक्रममा उपस्थित भएका प्रधानमन्त्री देउवा र खाँणले मन्तव्यको क्रममा किराँत धर्मावलम्बीलाई लोकतान्त्रिक शक्तिलाई जिताउन आह्वा गरे। मन्तव्यपछि देउवा हेलिकप्टरबाट संखुवासभा गएका थिए।

फाल्गुनन्दको जन्मोत्सवको अवसरमा आयोजना गरिएको कार्यक्रमा हजारौँ भक्तजनहरुको उपस्थिति थियो। लब्रेकुटी किराँत धर्मावलम्बीको आस्थाको केन्द्र हो। धार्मिक पर्यटकीय स्थलको रुपले चर्चा कमाएको लब्रेकुटी प्राकृतिक बनावटले निकै सुन्दर स्थान हो।

१६ औं राष्ट्रिय विभूति तथा किराँत समाज सुधारक फाल्गुनन्दको कर्मभूमिको लब्रेकुटी भएकाले किराँत धर्मावलम्बीको लब्रेकुटीप्रति ठूलो आस्था छ। १९७८ सालमा किराँत महागुरु फाल्गुनन्दले मुजोत्लुङ माङयुक्नादेन (७ फन्के) विश्व शान्ति मानव एकताका मन्दिर स्थापना गरेपछि यसलाई विशेष क्षेत्रको रुपमा हेरिन थालिएको हो।

माहागुरुले १९८३ सालमा किराँत साङसेन वरक चोक्लुङ माङहिम (मन्दिर) निर्माण गरेकाले लब्रेकुटीको महत्व बढेको हो। १९८८ साल वैशाख २४ गते फाल्गुनन्दले सत्यधर्म मुचुल्का तयार गरेको र १७ थुम यूमा माङहिम स्थापना गरेकाले किराँत धर्मावलम्बीका लागि लब्रेकुटी आस्थाको केन्द्र बनेको हो।

फाल्गुनन्दको मन्दिर (माङ्हिम) छिर्नलाई शिर झुकाउँदै प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्व रक्षामन्त्री बालकृष्ण खाँण। तस्बिर : भीमकुमार बाँस्कोटा


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.