काठमाडौंमा आठ देशका रेस्लरको भिडन्त (फोटोफिचर)

काठमाडौंमा आठ देशका रेस्लरको भिडन्त (फोटोफिचर)

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शनिबार आठ देशका रेस्लरले भिडन्त गरेका छन्। नेपाल रिङ रेस्लिङ संघको आयोजनामा भएको दोस्रो अन्तर्राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगितामा नेपालसहित आठ राष्ट्रका २१ जना खेलाडीले प्रतिस्पर्धाले प्रतिस्पर्धा गरेका छन्।

प्रतियोगितामा १२ नेपाली र नौजना विदेशी खेलाडीले प्रतिस्पर्धा गरे। प्रतियोगितामा अमेरिकाका प्रोरेस्लिङ गेमर, सिंगापुरका दि युरासियन ड्रागन, अस्ट्रेलियाका वामबामबेलोज, मलेसियाका द बुचरम्यान, भारतका दिलदार सिंह, नील र माक्स म्यानको सहभागीता थियो।

नेपालबाट नुवाकोटे टाइगर, द युभ, डेभिड, थाकु, ब्लेड, साइन, टुप्पी र ग्याङले प्रतिस्पर्धा गर्नेछन्। यसैगरी प्रतियोगिताको आकर्षणका रूपमा महिला रेस्लरहरू रसियाका मेफिस्तो, चेक रिपब्लिकका रोमाना तथा नेपालका सोफी र दिलासा सहभागी भए। उनीहरूले ह्यान्डिक्याप, ट्याग टिम, रोयल ब्याटल, हार्ड कोर, डबल म्याच, सिंगल म्याच र ट्रिपल थ्रेटमा प्रतिस्पर्धा गरेका छन्। प्रतिस्पर्धा जारी रहेकाले अहिले नतिजा सार्वजनिक भइसकेको छैन।

तस्बिरहरु : रजेन्द्र केसी 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.