वाम गठबन्धनको नेतृत्वमा सरकार बन्छ : अधिकारी

वाम गठबन्धनको नेतृत्वमा सरकार बन्छ : अधिकारी

काठमाडौँ । नेकपा (एमाले) नेता भरतमोहन अधिकारीले वाम गठबन्धनको नेतृत्वमा सरकार गठन हुने दाबी गरेका छन् । काठमाडौँ क्षेत्र नम्बर-९ ले कलंकीको लाम्पाटीमा आयोजना गरेको वाम गठबन्धनको संयुक्त भेलालाई सम्वोधन गर्दै अधिकारीले वाम प्रगतिशील शक्तिको संयुक्त सरकाले मात्र मुलुकमा स्थीरता कायम हुने बताए ।

‘सामाजिक एकता र आर्थिक समृद्धिका लागि वाम प्रगतिशील शक्तिको संयुक्त सरकार आवश्यक छ,' उनले भने, ‘त्यसैले अहिले वाम प्रगतिशील शक्तिलाई सबैले जिताउनुपर्छ ।' एमाले नेतृत्वको सरकारले ०५१ सालमा समाजिक सुरक्षा भत्ताको व्यवस्था गरेको स्मरण गर्दै उनले भने,‘अहिले सबै वृद्ध-वृद्धाले एमालेलाई वृद्ध-वृद्धाको पार्टी भनेर चिनेका छन् ।'

कार्यक्रममा एमाले पोलिट्व्युरो सदस्य वेदुराम भुसालले आर्थिक समृद्धिका लागि वाम प्रगतिशील शक्तिको सरकार आवश्यक भएको बताए । काठमाडौँ क्षेत्र नम्बर-९ का प्रतिनिधिसभा तर्फका उम्मेदवार कृष्णगोपाल श्रेष्ठले एमाले र माओवादीको पहलमा मुलुकका सबै वामपन्थीहरुलाई एक ठाउँ ल्याउने प्रयासका लागि वाम एकता गरेको दाबी गरे । ‘यो निर्वाचनमा जसरी तालमेल भएको छ यसले मुलुकका सबै वाम शक्तिहरु एक ठाउँमा आउने विश्वाले जनतामा एउटा ठूलो उत्साह पैदा भएको छ,' उनले भने, ‘अहिले मेची-महाकालीको निर्वाचन हेर्दा देश सम्पूर्ण रुपमा वामपन्थीमय भएको छ ।'

उनले मुलुकभरीका जनता आगामी मंसिर १० र २१ को प्रतिक्षामा रहेको पनि दाबी गरे । ‘यो वाम तालमेल नेपाली जनताको चाहना, माग र राष्ट्रिय आवश्यकताका आधारमा भएको हो,' उनले भने, ‘यसले अब हुने नेपालको इतिहासमा पहिलो पटक हुन लागेको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको निर्वाचनमा वाम शक्ति दुई-तिहाई बहुमतसहित विजय हुने निश्चित छ ।' कम्युनिष्ट पार्टीबीचको एकताको लागि यो चुनाव भएको भन्दै चुनावी परिणामपछि गठन हुने वामपन्थी सरकारले ५ वर्षमा स्थायित्व प्राप्त गर्ने उनको भनाई थियो ।

कार्यक्रममा काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले अहिले कांग्रेस नेतृत्वको सरकार रहेको भन्दै काठमाडौँमा विकासका कामले गति लिएनन् भन्दै वाम शक्तिलाई असफल बनाउने प्रयास भएको भन्दै आक्रोश व्यक्त गरे । ‘पहिला काठमाडौँका मेयरले केही काम गरेनन् भनेर आलोचना गर्नेहरु अहिले कामले गति लिन थालेपछि फेरि विभिन्नखाले आरोपमा उत्रिन थालेका छन्,' उनले भने, ‘काठमाडौँ महानगरपालिका बनाउने जिम्मा मलाई यहाँका जनताले दिएका छन् । म जनताको मतको कदर गर्दै कामलाई गति दिनेछु ।'

काठमाडौँ क्षेत्र नम्बर-९ ‘क' का वाम गठबन्धनका तर्फका उम्मेदवार डा. अजयक्रान्ति शाक्यले काठमाडौँ धार्मिक, साँस्कृतिक, ऐतिहासिक र पुरात्वात्कि महत्वको जिल्ला भएको भन्दै यहाँका सांस्कृतिक धरोहरको संरक्षण तथा प्रवद्र्धन गर्दै काठमाडौँ क्षेत्र नम्बर-९ ‘क' लाई ‘हेरिटेज संरक्षण क्षेत्रका रुपमा स्थापित गर्ने योजना भएको बताए । ‘यस क्षेत्रलाई स्मार्ट क्षेत्रका रुपमा विकास गर्नेछौं,' उनले भने ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.