मनहरा र शंखरापुर स्मार्ट सिटी बनाउने नेपालको प्रतिवद्वता

मनहरा र शंखरापुर स्मार्ट सिटी बनाउने नेपालको प्रतिवद्वता

काठमाडौँ : नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले गणतन्त्र प्राप्तिको आन्दोलनमा नेपाली कांग्रेस र तत्कालीन नेकपा माओवादीलाई तानेर ल्याउने पार्टी एमाले नै भएको दाबी गरेका छन्।

काठमाडौँ क्षेत्र नम्बर-२ का प्रतिनिधि सभाको प्रत्यक्ष तर्फका उम्मेदवार समेत रहेका नेपालले चुनावी प्रचारका क्रममा वडा नम्बर-२३ को कोट्देवी वुथ उद्घाटन गर्ने क्रममा नेपालले शंकरापुर र मनहरालाई स्मार्ट शहर बनाउने प्रतिवद्वता व्यक्त गरे। ‘०६२-०६३ को जनआन्दोलनका बेला फरक कित्तामा रहेका नेपाली कांग्रेस र नेकपा माओवादीलाई लोकतन्त्रप्राप्तिको आन्दोलनमा सहभागी गराउन महत्वपूर्ण भूमिका खेलेको पार्टी एमाले नै हो' उनले भने।

उनले चुनावी प्रचारका क्रममा काठमाडौँ क्षेत्र नम्बर-२ का जनतासँग आफ्नो भावनात्मक नाता जोडिएको पनि उनले बताए। ‘कतिपयले ०७० सालको उपनिर्वाचनमा माधव नेपालले दुई क्षेत्र जित्दा काठमाडौँ-२ छाडेर रौतहट रोज्यो भनेर हल्ला गरेका छन्,' उनले भने,‘त्यो गलत हल्ला हो, त्यतिबेला मधेसमा आन्दोलन चर्किएको बेला पहाडिया नेताले मधेस छाडे भन्ने आरोप लाग्छ भनेर मलाई पार्टीले काठमाडौँ-२ छाड्न आग्रह गरेपछि मैले पार्टीको इमान्दार सिपाही भएको नाताले स्वीकार गरहेको हुँ।'

काठमाडौँ-२ आफूले प्राविधिक रुपमा छाडे पनि भावनात्मक रुपमा यही रहेको र विकास निर्माणका काममा पनि सक्दो प्रयास गरेको उनले बताए। ‘म प्रधानमन्त्री हुँदा होस या सांसद् रहँदा नै किन नहोस् यहाँको विकासमा सक्दो प्रयास गरिरहेको छु,' उनले भने, ‘समृद्ध नेपाल निर्माण गर्न वामशक्तिकै सरकार हुनुपर्छ भनेर कम्युनिस्ट एकता प्रक्रिया अघि बढाएका हौँ।'

उनले आफू विजयी भएपछि कागेश्वरी मनहरा र शंखरापुर नगरपालिकालाई स्मार्ट सिटीका रुपमा विकास गर्ने लक्ष्य रहेको बताए। उनले वाम तालमेलका लागि आफूले पनि ठूलो प्रयास गरेको जानकारी दिए।

काठमाडौँ क्षेत्र नम्बर-२ का प्रदेशसभा ‘क' का उम्मेदवार सानु श्रेष्ठले त्रिभूव अन्तराष्ट्रिय विमानस्थल निर्माण गर्दा अधिग्रहणमा परेको जग्गाको मुआब्जा दिने, टाउन प्लानिङलाई व्यवस्थित गर्ने, खानेपानी, सडकलाई व्यवस्थित गर्ने जस्ता कार्यमा लाग्ने प्रतिवद्धता व्यक्त गरे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.