जिसस उपप्रमुख र गाउँपालिका अध्यक्ष कांग्रेसमा प्रवेश

जिसस उपप्रमुख र गाउँपालिका अध्यक्ष कांग्रेसमा प्रवेश

परासीः जिल्ला समन्वय समिति परासीका उपप्रमुख र सरावल गाउँपालिकाका अध्यक्षसहित ११ जना जनप्रतिनिधिहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
फोरम लोकतान्त्रिकबाट विजयी भएका जिसस उपप्रमुख अब्दुर रहमान चुरिहार र गाउँपालिकाका अध्यक्ष राधेश्याम चौधरीसहितका वडाअध्यक्ष र सदस्यहरु कांग्रेसमा प्रवेश गरेका हुन्।

फोरम लोकतान्त्रिक पार्टीका अध्यक्ष बिजय कुमार गच्छदार नेपाली कांग्रेसमा समायोजन भएपछि जनप्रनिनिधिहरुसँगै फोरम लोकतान्त्रिकको जिल्ला समितिसमेत कांग्रेसमा समाहित भएको छ। उनीहरु सबैलाई आइतबार कांग्रेसले आयोजना गरको स्वागत कार्यक्रममा केन्द्रीय सदस्य देबेन्द्रराज कँडेल र कार्यवाहक जिल्ला अध्यक्ष अर्जुनकुमार पोखरेलले पार्टी प्रवेश गराएका हुन्।

४१ सदस्यीय जिल्ला समिति रहेको लोकतान्त्रिकका जिल्ला पदाधिकारीसहित ३२ भन्दा बढी जिल्ला सदस्यहरु कांग्रेसमा प्रवेश गरेको जिल्ला सचिव गजानन्द पटेलले जानकारी दिए । पार्टीबाट निर्वाचित भएका सबै जनप्रतिनिधिहरु पनि कांग्रेसमा समाहित भएको पटेलले जानकारी दिए। केही जिल्ला सदस्यहरु भने तटस्थ छन्। लोकतान्त्रिकका केन्द्रीय सदस्य रहेका पूर्वरक्षा राज्यमन्त्री भने असन्तुष्ट जनाउँदै संघीय समाजवादी फोरमबाट परासी क्षेत्रको प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएका छन्।

कांग्रेसमा गएका नेताहरुमध्ये जिल्ला अध्यक्षलाई सहअध्यक्षको जिम्मेदवारी दिइनेछ भने अन्य पदाधिकारीहरुलाई मर्यादाक्रम अनुसार सोही पदमा कायम गरिने कँडेलले बताए। केन्द्रीय सदस्यहरुलाई कांग्रेस नेताको रुपमा सम्बोधन र मर्यादाक्रममा राखिने कँडेलले बताए।

कांग्रेसमा समायोजन हुने जनप्रतिनिधिहरुमा जिससकी सदस्य आशा चौधरी, सरावल गाउँपालिका वडा नं. १ का अध्यक्ष भेषनारायण चौधरीसहित ३ जना सदस्य र वडा नं. २ का अध्यक्ष शंभुप्रसाद चौधरीसहित ४ जना छन । त्यसैगरी कार्यपालिका सदस्य जोखुप्रसाद चौधरी र सीमादेवी चौधरी पनि कांग्रेसमा गएका छन्।

पार्टी जिल्ला अध्यक्ष सुवासचन्द्र गिरी, सचिव गजानन्द पटेल, कोषाध्यक्ष राजाराम कुशवहा, सहकोषाध्यक्ष अखलेश मिश्र, सहसचिवहरु मञ्जु चौधरी र हरिप्रसाद यादव कांग्रेसमा गएका छन्। केन्द्रीय सदस्यहरु अनिल गौंड, अमिरुल्लाह अंसारी, अशोकजंग राणा, राधेश्याम चौधरी कांग्रेसमा गएका छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.