हतारमा पार्टी एकता हुँदैनःपूर्व सभामुख

हतारमा पार्टी एकता हुँदैनःपूर्व सभामुख

बागलुङ: निर्वतमान सभामुख ओनसरी घर्तीले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच तत्काल पार्टी एकता नहुने दावी गरेकी छिन्।

प्रेस सेन्टरले बागलुङ सदरमुकाममा आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले दुई पार्टीबीच थुप्रै बिषयमा छलफल र बहस बाँकी भएकाले तत्काल एकीकरणको सम्भावना नरहेको स्पष्ट पारिन्।

‘म पनि कामना गर्छु कि सकेसम्म छिटो पार्टी एकता होस्,' नेकपा माओवादी केन्द्रकी नेतृ समेत रहेकी घर्तिले भनिन्, ‘यो वर्तमानको आवश्यकता हो, तर पार्टी एकीकरणका लागि अझै यथेष्ट छलफल, बहस हुन आवश्यक छ।' उनले विगतमा धेरै पार्टी हतारमा एकीकरण गरेर केही समयमै फुट्ने गरेको तथ्यबाट पाठ सिक्दै हतार गरेर भन्दा धैर्यताबाट एकीकरण गर्दा उचित हुने बताइन्।

‘अहिलेको बाम गठबन्धनप्रति जनताको धेरै ठुलो अपेक्षा छ,' घर्तीले भनिन्, ‘तर उस्तै सिद्धान्त र बिचार भएका पार्टी भए पनि सबै हिसावले पार्टी परिस्थितिलाई पर्गेलेर मात्र एकीकरण गर्नुपर्छ।'

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.