पूर्वराजदूत उपाध्यायविरुद्ध उजुरी

पूर्वराजदूत उपाध्यायविरुद्ध उजुरी

कपिलवस्तु: भारतका लागि पूर्व नेपाली राजदूत दीपकुमार उपाध्यायविरुद्ध आचारसंहिता उलङ्घन गरेको उजुरी परेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय कपिलवस्तुमा आइतबार उपाध्यायविरुद्ध उजुरी परेको हो।

कपिलवस्तुको प्रतिनिधि सभा १ बाट नेपाली कांग्रेसका उम्मेदवार उपाध्यायले निर्वाचन आयोगको निर्देशन विपरीत ठूला ठूला होर्डिङ बोर्ड सार्वजनिक स्थलहरुमा झुण्डयाएको भन्दै उजुरी परेको हो। कपिलवस्तु नगरपालिका बस्ने विक्रम बढई तथा रामसुभग चाईले संयुक्त रुपमा आचारसंहिता विपरीत कार्य गरेको भन्दै उजुरी दर्ता गराएका हुन्।

यस्तै जिल्ला समन्वय समिति प्रमुख नारायण प्रसाद खनालविरुद्ध पनि आचारसंहिता उलङ्घन गरेको भन्दै उजुरी परेको छ। शनिबार बुद्धबाटिका नगरपालिका वडा नं. ८ स्थित पचिगवा गाउँमा कांग्रेसको निर्वाचन प्रचार अभियान कार्यक्रममा सहभागी हुन सरकारी गाडी दुरुपयोग गरेको आरोप लगाइएको छ।

निर्वाचन आचारसंहितामा सार्वजनिक स्थलमा प्रचार सामाग्री राख्न नपाइने, १ रंगमा मात्र पर्चा पम्पलेट प्रकाशन तथा वितरण गर्न पाइने उल्लेख छ। जिल्ला निर्वाचन कार्यालय प्रमुख ज्ञानहरी घिमिरेले रंगिन पर्चा पम्पलेट सार्वजनिक स्थलमा राख्नु आचारसंहिता विपरीत भएकाले मुख्य निर्वाचन अधिकृतको कार्यालयले कारवाही प्रक्रिया अघि बढाउने बताए।

त्यसका लागि स्थलगत रुपमा अनुगमन गर्ने, आचारसंहिता उल्लंघन भएको अवस्थामा होर्डिङ बोर्डहरु हटाउन निर्देशन दिने र अटेरी गरे कानूनी प्रावधान अनुसार १ लाख सम्म जरिवाना वा उम्मेदवारी बदर वा दुबै हुन सक्ने घिमिरेले बताए।

सरकारी सवारी साधन निर्वाचन गतिविधिमा प्रयोग गर्नु नै आचारसंहिता विपरीत भएको हुँदा यसबारे जिसस प्रमुख खनालसंग स्पष्ट्रिकरण सोधिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। कार्यालयका अनुसार आचारसंहिता उलङ्घन विरुद्ध अहिलेसम्म २ वटा मात्र उजुरी परेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.