'पाहुना उम्मेदवार' को आरोप लागेपछि अशोक राई भन्छन्- 'जितेर देखाउँछु'

'पाहुना उम्मेदवार' को आरोप लागेपछि अशोक राई भन्छन्- 'जितेर देखाउँछु'

धरान : संघीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता तथा सुनसरी क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्यका उम्मेदवार अशोककुमार राईले लोकतन्त्रमा जिल्ला परिवर्तन गरी चुनाव लड्ने नेताहरूलाई पाहुना उम्मेदवार भन्नु गलत भएको टिप्पणी गरेका छन्। आइतबार चुनावी प्रतिबद्धता सार्वजनिक कार्यक्रममा उनले शीर्षनेताहरू देशका जुनसुकै निर्वाचन क्षेत्रबाट निर्वाचन लड्न सक्ने बताए।

आफूलाई पाहुना उम्मेदवार भएको आरोप लगाइइनु प्रतिस्पर्धीहरूको कमजोर मानसिकताको उपज भएको उनले टिप्पणी गरे। मनोमोहन अधिकारीले धरान क्षेत्रबाट चुनाव लडेर निर्वाचित भएको प्रसंग उठाउँदै उनले आफूले पनि सुनसरी क्षेत्र नम्बर १ बाटै निर्वाचन जितेर देखाउने दावी गरे।

आफू विजयी बनेमा धरानको विकास गरी प्रदेश नम्बर १ को राजधानी बनाउन पहल गर्ने प्रतिबद्धता उनले जनाए। एमाले र माओवादी भन्दा कांग्रेस उदारवादी भएकाले संघीय समाजवादीले कांग्रेससँग चुनावी गठबन्धन गरेको राईले स्पष्ट पारे।

राई कांग्रेसको समर्थनमा सुनसरी क्षेत्र नम्बर १ बाट मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्यका लागि एमालेका जयकुमार राई विरुद्ध चुनावी प्रतिष्पर्धामा छन्। सुनसरी क्षेत्र नम्बर १ मा कांग्रेसले राईलाई सर्मथन गरेपछि समाजवादीले क्षेत्र नम्बर ४ मा कांग्रेस नेता तथा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई समर्थन गरेको छ। राई यस अगाडि उनी खोटाङ र उदयपुरबाट चुनाव लड्दै आएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.