इरान र इराकको सीमानामा ७.३ म्याग्निच्यूडको भूकम्प
एजेन्सी : इरान र इराकको सीमा क्षेत्रमा शक्तिशाली भूकम्प गएको छ । आइतबार साझँ ७.१ म्याग्निच्यूडको भूकम्प जाँदा इरानमा १२९ भन्दा बढीको मृत्यु भएको र एक हजार भन्दा बढी घाइते भएको इरानका स्थानीय सञ्चार माध्यामलाई उदृत गर्दै बीबीसीले जनाएको छ । बीबीसीका अनुसार इराकमा पनि चार जनाको मृत्यु भएको छ ।
अमेरिकी भूकम्प मापन संस्था यूएसजीएसका अनुसार इराकको हलब्जाह शहरभन्दा करीब ३० किलोमिटर दक्षिणपश्चिममा, इरानको सीमाना नजिकै केन्द्रविन्दु भएर भूकम्प गएको बीबीसीले बजनएको छ ।
चिनियाँ ग्लोबल टेलिभिजन नेटवर्कका अनुसार चाइना अर्थक्वेक नेटवर्क सेन्टर(सीईएनसी)ले भने भूकम्प ७.८ म्याग्निच्यूड रहेको जानकारी दिएको छ । साथै भूकम्पको इपीसेन्टर २० किलोमिटर गहिराइमा रहेको सीईएनसीले जनाएको छ ।
उद्धार कार्य जारी रहेकले मृतक तथा घाइतेको संख्या बढ्न सक्ने बताइएको छ ।