दाहाल भन्छन् : अबको दश वर्ष विकास निर्माणमा लाग्छु

दाहाल भन्छन् : अबको दश वर्ष विकास निर्माणमा लाग्छु

चितवन : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अबको दश वर्ष देश विकासमा लाग्ने प्रतिवद्वता व्यक्त गरेका छन् । चितवनमा भएको पत्रकार सम्मेलनमा बोल्दै दाहालले दश वर्ष युद्व, १० वर्ष शान्ति प्रक्रियामा लागेको बताउँदै अबको दश आर्थिक विकास निर्माणमा केन्द्रीत हुने बताए ।विकासका दृष्टिले चितवनवासीले आफूलाई हेरेको भन्दै त्यो चितवनबासीको चाहना छिट्टै पूरा हुने उनले उद्घोष गरे ।

चितवन ३ का प्रत्यक्षतर्फका उम्मेदवारसमेत रहेका दाहालले आफ्नो कोही प्रतिष्पर्धी नभएको बताए । ‘कांग्रेसले आफ्नो उम्मेदवार नउठाएकाले मेरो कोही प्रतिष्पर्धी छैनन्’ उनले भने । कांग्रेसका मान्छेहरुले पनि आफूलाई मतदान गर्ने वचनवद्वता गरेको उनको भनाई थियो । राजनीतिभन्दा बाहिरको मान्छे चुनावी मैदानमा भएकाले त्यस्ता व्यक्तिसँग आफ्नो प्रतिष्पर्धा हुनै नसक्ने बताए ।

चुनावअगाडि एकता सम्भव नभएको र चुनावपछि मात्रै पार्टी एकता प्रक्रिया थालिने उनले बताए । दुई तिहाईका लागि मेहनत चाहिने तर स्पष्ट बहुमत आउने उनले दावी गरे । देश वाममय भएको भन्दै सबैले वामपन्थी उम्मेदवारलाई भोट हाल्ने उनले विश्वास व्यक्त गरे ।

विप्लपका कार्यकर्ता माओवादीमा आएको हतास मनिस्थितिका कारण रोल्पामा निहुँ खोजिएको आरोप लगाए । रोल्पा कांग्रेसलेसमेत विप्लव समूहलाई साथ दिएको भन्दै त्यस्ता गतिविधि गरे कांग्रेसलाई समेत घाटा हुने उनले चेतावनी दिए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.