रोल्पा जिल्ला बन्द हुँदा जनजीवन प्रभावित

रोल्पा जिल्ला बन्द हुँदा जनजीवन प्रभावित

रोल्पा : नेत्रविक्रम चन्द ‘विप्लव' नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीको बन्दका कारण रोल्पा जिल्लामा बजार, यातायता र शिक्षण संस्था ठप्प भएका छन्।
गृहप्रशासनले पक्राउ गरेका आफ्ना नेता कार्यकर्तालाई विनाशर्त रिहाई गर्नुपर्ने माग राख्दै सोमबार एक दिनका लागि नेकपाले जिल्ला बन्द आव्हान गरेको हो।

आइतबार दिउँसो नेकपाका नेता प्रतापको नाममा जारी विज्ञप्तिमा बन्द आव्हान गरिएको थियो। विज्ञप्तीको भरमा बिहानैदेखि बजार बन्द भएका हुन्। लामो र छोटो दूरीका सवारी साधन सञ्चालनमा आएका छैनन्। बन्दले जनजीवन प्रभावित भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षिक सुदर्शन पन्थीले बताए।

काठमाडौंलगायत जिल्ला बाहिरबाट जिल्ला भित्रिने सवारी साधन र यात्रुहरु रोल्पा प्रवेश गर्ने सिमाना प्यूठान र दाङमा अलपत्र परेका छन्। महत्वपूर्ण कामका लागि हिडेका यात्रु बीच बाटोमै अलपत्र परेका हुन्। जलजला यातायात व्यवसायी समितिका अनुसार सदरमुकाम लिबाङ आउने यात्रु र गाडी खुंग्री र भिंगृ प्यूठानमा अलपत्र अवस्थामा छन्। दक्षिणी होलेरी, घर्तीगाउँ, थबाङ र चुनबाङ जाने सवारी साधन दाङको दुईखोलीमा रोकिएका छन्।

जिल्ला बाहिरिने सवारी साधन र यात्रु पनि बसपार्कमा अपलपत्र छन्। शिक्षण संस्था बन्द हुँदा विद्यार्थीको पठनपाठन समेत प्रभावित भएको छ। बन्दको सूचनाले बजार, यातायात र शिक्षण संस्था स्वस्फूर्त बन्द भएका हुन्। सदरमुकाम लिबाङमा नेकपाका नेता कार्यकर्ताको उपस्थिति नभएपनि बिहानैदेखि बजार खुलेका छैनन्। ‘मेडिकल र साना चिया पसलमात्र खुला छन्।', प्रनि पन्थी भन्छन, ‘बन्दले पुरै जनजीवन प्रभावित भएको छ।'

जिल्लाका भित्री सडक पनि सुनसान बनेका छन्। मुख्य बजारहरु सुलिचौर, होलेरी, घर्तीगाउँ, बागमारा सुनसान बनेका छन्। बन्दका लागि नेकपाका नेता कार्यकर्ता सडक र बजारमा नदेखिएपनि त्रासकै कारण बन्द भएका हुन्। बामगठबन्धनका उम्मेदवार लक्षित विष्फोटक पदार्थसहित श्रृंखलावद्ध  आक्रमणका घटनाकै बेला गरिएको बन्दले पनि व्यवसायीमा त्रास बढेको छ।

चुनाव विरोधी गतिविधि गरेको आरोपमा कार्तिक २२ गते प्रहरीले नेकपा जिल्ला इन्चार्ज दलबहादुर खत्री ‘जागृति' र जिल्ला सेक्रेटरी सन्तोष सुवेदी ‘प्रयास' लाई पक्राउ गरेको थियो। उनीहरुलाई सार्वजनिक मुद्दा लगाइएको छ। सोही दिन अलग स्थानबाट नलकटुवा पेस्तोलसहित दुई युवा पक्राउ परेका थिए। ती युवा पनि नेकपाकै कार्यकर्ता भएको बताइएको छ।उनीहरुलाई हातहतियार खरखजाना मुद्दा लगाइएको प्रहरीले जनाएको छ।

नेकपाले भने अनाहकमा आफ्ना नेता कार्यकर्ताको गिरफ्तारी भएको जिकिर गर्दै आएको छ। सरकारको रवैयाका कारण बन्द गर्नु परेकाले जनजीवनमा प्रभाव पर्न गएको जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.