आचारसंहिता उल्लंघन नगर्न चेतावनी

आचारसंहिता उल्लंघन नगर्न  चेतावनी

गोरखा : नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले नेपालमा साम्यबाद रोक्न लोकतान्त्रिक गठबन्धनले जित्नुपर्ने तर्क गरेका छन् । आइतबार गोरखाको हिमालपारिको सिर्दिबास पुगेका कोइरालाले एमाले र नेकपा माओबादी केन्द्रले संबिधानसभाबाट जारी भएको संबिधान आफूखुसी संशोधन गर्न वामगठबन्धन गरेको आरोप लगाए ।

कोइरालाले कांग्रेसको नेतृत्वमा देशले संबिधान पाएको दाबी गर्दै कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनले जितेमा विकास र संबृद्धि आउने दावी गरे । उनी त्यस क्षेत्रका प्रतिनिधिसभा उम्मेद्वार चीनकाजी श्रेष्ठ, प्रदेशसभा राजेन्द्र बजगाईँ, समानुपातिक उम्मेद्वार हरि घले र कमला पन्तलाई साथमा लिएर हेलिकोप्टर चढेर मान्वु, काशीगाउँ, केरौंजा र सिर्दिवासमा आयोजित चुनावी सभा सम्बोधन गर्न पुगेका थिए ।

यसैबीच नेपाली कांग्रेसका उम्मेद्वार राजेन्द्र बजगाईँले बारम्बार हेलिकोप्टर चार्टर गरी चुनावी कार्यक्रममा सहभागी भए जनप्रतिकार गर्ने चेतावनी बाम गठबन्धनले दिएको छ । आइतबार पत्रकार सम्मेलन गरी गठबन्धनका नेता चुडामणि खड्काले जनप्रतिकारबाट पर्ने असरको जिम्मेवारी सम्बन्धित उम्मेद्वारले नै लिनुपर्ने उनले तर्क गरे ।

गोरखा क्षेत्र नं. १ प्रदेश ‘ख'का नेपाली कांग्रेसका उम्मेद्वार राजेन्द्र बजगाईँले पटक पटक हेलिकोप्टर प्रयोग गरेर चुनावी कार्यक्रम गरेको गठबन्धनको आरोप छ । बजगाईँ काङ्ग्रेस महामन्त्री शशांक कोइरालाको नाममा स्वीकृति लिइएको हेलिकोप्टर चढेर सिर्दिबास, केरौंजा, काशिगाउँ र मान्बु पुगेका थिए । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले सो हेलिकोप्टर स्वीकृति लिएर चार्टर गरिएको पुष्टि गरेका छन् । तर हेलिकोप्टर चार्टरप्रति असन्तुष्ट जनाउँदै वाम गठबन्धनले आचारसंहिता विपरित हेलिचार्टर गरिएको दाबी गरेको छ ।

‘महामन्त्रीलाई हेलिकोप्टर प्रयोग गर्न पाउने अधिकार त छ, तर उहाँको नाममा हेलिकोप्टर दर्ता गरेर आचारसंहिताको धज्जी उँडाएर काङ्ग्रेसका उम्मेद्वार चार ठाउँको कार्यक्रममा पुगेका छन्' नेता खड्काले भने ।

उम्मेद्वार बजगाईँले आउँदो मंसिर दुई गते पनि महामन्त्री कोइराला गोरखाको बिभिन्न ठाउँका लागि हेलिकोप्टर प्रयोग गरी आउने जनाएका छन् । तर बाम गठबन्धनले भने सो दिनमा शशांक चढेको हेलिकोप्टरमा उम्मेद्वार चढेमा जनप्रतिरोध गर्ने चेतावनी दिएका छन् ।

आचारसंहिता उल्लंघन भएको भन्दै माओवादी केन्द्र र एमालेले अलग अलग उजुरी दिएको मुख्य निर्वाचन अधिकृत वसन्तराज पौडेलले जनाए । साथै दुवै दिनका लागि उम्मेद्वारले स्वीकृति लिएको पत्र पेश गरेको पनि पौडेलले जनाएका छन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.