'वाम गठबन्धनको दुई तिहाइको सपना चकनाचुर हुन्छ'

'वाम गठबन्धनको दुई तिहाइको सपना चकनाचुर हुन्छ'

विराटनगर :  नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले वाम गठबन्धनको दुर्इ तिहाइको सपना निर्वाचनको परिणामले चकनाचुर पारिदिने दाबी गरेका छन् । सुनसरीको इटहरीमा पर्टी प्रचारसम्बद्ध संस्था मिडिया सेन्टरको प्रदेश एक स्तरीय कार्यलय उद्घाटनका क्रममा गच्छदारले वाम घटकलाई जनताले विश्वास नगर्ने ठोकुवा गरे ।

‘निर्वाचनबाट बहुमत सिट प्राप्त गरि वामशक्तिको नेतृत्वमा सरकार बनाउने सपना चकनाचुर हुन्छ', उनले भने, ‘लोकतान्त्रिक शक्तिकै जित सुनिश्चत छ, सरकार कांग्रेसकै नेतत्वमा बन्ने निश्चित छ ।'

उनले मोरङ, सुनसरीमा कांग्रेसले बहुमत सिट जित्ने समेत दाबी गरे । सुनसरीका ४ सिट मध्ये ३ मा कांग्रेसले सहज जित निकाल्ने र सुनसरी १ मा कांग्रेसले समर्थन गरेका संघीय समाजवादीका नेता असोक राईले सहज जित निकाल्ने ठोकुवा गरे । त्यस्तै मोरङका ६ निर्वाचन क्षेत्र मध्ये ४,५,६,२ र ३ मा कांग्रेसले सजिलै जित्ने दाबी गरे ।

गच्छदारले कांग्रेसले हार्दा लोकतन्त्र कमजोर हुने कुरा जनताले बुझिसकेको भन्दै कम्न्युनिष्टहरुको अधिनायकवादी सोचबाटग्रस्त सत्ताको जन्म हुन नदिन सबै सतर्क हुनुपर्ने बताए । कांग्रेसबाहिर रहेर आफूले दश वर्षसम्म लोकतन्त्र बलियो बनाउने काममा लागेको भन्दै मधेशलाई अधिकार दिलाएर आफू पुनः कांग्रेसमा फर्किएको दाबी गरे । ‘म कुनै पदको लाभको लागि काँग्रेसमा आएको होइन, अब मेरो मिसन पार्टीलाइ बलियो बनाउने मात्र हुन्छ' उनले भने ।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.