बूढीगण्डकी आयोजनाको सम्झौता खारेजीबारे मन्त्रीहरूकै कुरा बाझियो

बूढीगण्डकी आयोजनाको सम्झौता खारेजीबारे मन्त्रीहरूकै कुरा बाझियो

काठमाडौं : बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि चिनियाँ कम्पनी गेजुवासँग भएको समझदारीपत्र खारेज भएको विषयमा सरकारका मन्त्रीहरूकै दुईथरी धारणा आएको छ।

उपप्रधानमन्त्रीसमेत रहेका उर्जामन्त्री कमल थापाले सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सम्झौतापत्र खारेज गरेको भन्दै ट्विट गरे पनि अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने बैठकले महत्वपूर्ण निर्णय नगरेको बताएका छन्।

मन्त्रिपरिषद् बैठकका निर्णयबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैठकमा सरकारका नियमित काम बारे मात्र छलफल भएको बताएका थिए। 'मन्त्रिपरिषद् बैठकमा सरकारका नियमित कामकारबाहीका बारेमा मात्र छलफल भएको छ। महत्वपूर्ण निर्णय भएको छैन', पत्रकारसँग मन्त्री कार्कीले भने।

तर उपप्रधानमन्त्री एवं ऊर्जा मन्त्री कमल थापाले भने संसदीय समितिको निर्देशनअनुसार सम्झौता खारेज भएको ट्विटरमार्फत जनाएका छन्। उनले अघिल्लो सरकारले गरेको सम्झौतालाई 'अनियमित र हचुवा' भनेका छन्।

 कहिले भएको थियो सम्झौता?

कूल एक हजार २०० मेगावाट क्षमताको बूढीगण्डकी आयोजना लगानीसमेत जुटाउने शर्तमा तत्कालीन पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले चिनियाँ कम्पनी गेजुवा वाटर एन्ड पावर ग्रुप कम्पनी लिमिटेडलाई दिएको थियो। तत्कालीन प्रधानमन्त्री प्रचण्डको उपस्थितिमा तत्कालीन उर्जामन्त्री जनार्दन शर्मा र गेजुवाका अध्यक्ष एलभी जेजियाङले गत जेठ २१ गते सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए।

संसद्को सार्वजनिक लेखा समिति र कृषि तथा जलस्रोत समितिले सम्झौता पारदर्शी नभएको भन्दै खारेज गर्न सरकारलाई निर्देशन दिएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.