सिन्धुलीका २९ मतदान केन्द्र अति सम्वेदनशील

सिन्धुलीका २९ मतदान केन्द्र अति सम्वेदनशील

सिन्धुली : सिन्धुलीका २९ वटा मतदान केन्द्र सुरक्षाका दृष्टिले अति संवेदनशीलको सूचीमा राखिएको छ। दोस्रोचरण अन्तर्गत मंसिर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा जिल्लाका १३७ मतदान केन्द्र मध्ये २९ मतदानस्थल अति संवेदनशील रहेको जिल्ला सुरक्षा समितिले जनाएको हो।

जिल्लाका १३७ मतदान केन्द्रमध्ये २९ वटा अति संवेदनशील, ७९ वटा संवेदनशील र २९ वटा सामान्य अवस्थामा रहेको प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए।

जिल्लाका १३७ मतदान केन्द्र अन्तर्गत २४० वटा मतदान स्थल कायम गरीएको छ। ती मध्ये अति संवेदनशील र संवेदनशील केन्द्रलाई तीन तहमा विभाजित गरी सुरक्षा व्यवस्था मिलाउने जिल्ला सुरक्षा समिति सिन्धुलीका प्रमुख समेत रहेका प्रजिअ दाहालको भनाई छ।

‘यस्ता क्षेत्रहरू तराई लगायत अन्य जिल्लासँग सीमा जोडिएका र चुनाव बहिस्कारमा रहेको नेकपा माओवादी लगायतले गर्दा अति संवेदनशील पाइएको हो,’ उनले भने। यस बोहक राजनीतिक समूहका गतिविधि, भौगोलिक विकटता, सञ्चार असुविधा, र यसअघिका निर्वाचनमा देखिएका घटना हेरेर जिल्ला सुरक्षा समितिले अति सम्वेदनशील, सम्वेदनशील र सामान्य गरी तीन तहमा मतदान केन्द्र छुट्याएको उनको भनाई छ।

सिन्धुलीका १३७ मतदान स्थलको सुरक्षा अवस्था हेरेर मतदान अघि, मतदानको दिन र मतदान पश्चात हुने सुरक्षा चुनौतिको विश्लेषण गरी सुरक्षा योजना बनाइएको जिल्ला प्रहरी कार्यलय सिन्धुलीका डिएसपी विनोद शर्माले जनकारी दिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.