चौधरीको घरबाट ठूलो परिणाममा हतियार बरामद

चौधरीको घरबाट ठूलो परिणाममा हतियार बरामद

विराटनगर: कात्तिक ८ गते साँझ इटहरीमा गोली चलेको घटनाले निर्वाचनको मुखमा सुरक्षा निकायलाई चुनौती दिएको थियो। तर प्रहरीको निरन्तरको अनुसन्धानबाट गोलीकाण्डमा संलग्न इटहरी ४ चौधरी टोलका मनोज चौधरीको घरबाट प्रहरीले ठूलो परिमाणमा अवैध हतियार बरामद गरेको छ।

फरार रहेका चौधरीको घरको कोठामा खानतलासी गर्दा ३ थान एयर पेस्तोल, १ थान एयर गन, २ थान बुलेट, नक्कली पेस्तोलहरु, विभिन्न प्रकारका धारिलो हतियार, ७६ थान घडी, १ थान ल्यापटप र १६ थान मोबाइल फेला परेको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी सञ्जय कुमार राउतले जानकारी दिए।

उनका अनुसार कात्तिक ८ गते साँझ चौधरी र उनका साथी सुजन नेपालबीच सामान्य विवाद भएको थियो । तर चौधरीले एक्कासी पेस्तोलबाट फायर गरेपछि इटहरीमा गोली चलेको हल्ला फैलिएको थियो। नेपाल भने ज्यान जोगाउन सफल भएका थिए। चौधरीलाई सहयोग गर्ने बिसे चौधरीसमेत फरार छन् । प्रहरीको रेकर्ड अनुसार उनी पटक पटक विभिन्न मुद्धा खेपेका व्यक्ति हुन्।

अभियुक्त चौधरी इटहरीका भएका विभिन्न अपराधिक घटनामा संलग्न व्यक्ति हुन्। ठूलो परिमाणमा विद्युतीय सामाग्री समेत बरामत भएका कारण उनी चोरीमा समेत संलग्न भएको प्रहरीको दावी छ।

ठूलो परिणाम हतियार नियन्त्रणमा लिएकाले निर्वाचनको बेला हुनसक्ने सम्भावित अपराधिक गतिविधि रोक्न यसले ठुलो सघाउ पुर्‍याउने प्रहरीको दावी छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.