चुनाव प्रचारका अनेक शैली : लोकधुनदेखि फिल्मका ट्रयाकसम्म

चुनाव प्रचारका अनेक शैली : लोकधुनदेखि फिल्मका ट्रयाकसम्म

जनकपुरधाम : प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारहरूले मतदाता लोभ्याउन प्रचारप्रसारका अनेक शैली अपनाइरहेका छन्। कोही घरदैलोमा व्यस्त छन् भने कोही मतदाता रिझाउन धान खेतमै पुगेर भोट मागिराखेका छन्।

चुनावी प्रचारप्रसारको लागि अहिले लोकधुनदेखि फिल्मका चर्चित गीतका ट्र्याकमा गीत रेकर्डको चलन बढेको छ।  जनकपुरमा कलाकारहरूले समूह नै दलहरूका लागि चुनावी गीत बनाइरहेका छन्। उनीहरू उम्मेदवारहरूका लागि गीत लेखेर त्यसलाई संगीतबद्ध गरी क्यासेट तथा एल्बमहरू बनाउन व्यस्त छन्। ती एल्बमका चुनावी गी स्थानीय एफएम रेडियोहरूबाट घन्टैपिच्छे बज्ने हुनाले मतदाताहरुमाझ लोकप्रिय हुँदै गएका छन्।

चुनावको लागि तयार पारिएको कांग्रेसको गीतमा रहेको 'एक बोलर्, मच्छर नै माछी, भोट दिअ गाछी’ बच्चाहरूको मुखमा समेत झुन्डिएको देखिन्छ। निर्वाचनमा गीति क्यासेटहरू बनाउने समूहका कलाकार बिएन पटेल भन्छन्, 'अहिलेसम्म कांग्रेस, एमाले, राजपा लगायत ठूलादेखि साना पार्टीका लागि गीत उत्पादन गरिसकेका छौं।'

आफूहरूले व्यवसायिक रुपमा नै चुनावी गीति क्यासेट बनाउने भएपछि सबै दलबाट अर्डर आउने गरेको पटेल बताउँछन्। आफूहरूले बनाएका चुनावी गीत बजारमा लोकप्रिय बनेकोफ उनको भनाई छ। यस्ता गीतहरूमा पार्टीको प्रशंसासँगै भोट दिँदा मतदातालाई हुने फाइदा सहितको सन्देश समेटिएको हुन्छ। कति लामो गीत हो भन्ने आधारमा  शूल्क तोकिएको जानकारी दिँदै पटेलले १५ हजार देखि २५ हजार रुपैयाँसम्म लिएर चुनावी प्रचारका गीत बनाइहेको बताए।

यसक्षेत्रका चर्चित युवा गायक सञ्जय यादवले हालसम्म एक दर्जन भन्दा बढी चुनावी गीत गाइसकेका छन्। मधेस आन्दोलन तताउन गीत गाएर लोकप्रिय बनेका यादवलाई चुनावमा पनि मधेसकेन्द्रित दलका उम्मेदवारहरूले गीत बनाइदिन भनेका छन्। चुनावमा गीतसंगीतको लोकप्रियताका कारण उम्मेदवारले यसमा गरेको लगानीले स्थानीय गायक/संगीतकार लाभान्वित भएको गायक यादवले बताए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.