कांग्रेस उम्मेदवार र नगर प्रमुखको घरजग्गा कब्जा

कांग्रेस उम्मेदवार र नगर प्रमुखको घरजग्गा कब्जा

खोटाङः नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नेपाली कांग्रेसका उम्मेदवार र नगर प्रमुखसहित चारजनाको घरजग्गा नियन्त्रणमा लिएको घोषणा गरेको छ।

कांग्रेसबाट प्रदेशसभा १ का उम्मेदवार सुवासकुमार पोखरेल, हलेसी तुवाचुङ नगरपालिकाका नगर प्रमुख इवन राई, राप्रपाका जिल्ला सदस्य चन्द्रसिं बस्नेत र बस्नेतका छोरा गिरिराज बस्नेतको घरजग्गा तथा सम्पत्ति नियन्त्रणमा लिएको नेकपाले विज्ञप्तिमार्फत घोषणा गरेको हो।

लामीडाँडा गाउँपालिका–२ खार्पा घर भएका उम्मेदवार पोखरेलले गुण्डा र पैसाको बलमा चुनाव जित्ने प्रयत्न गरेको तथा नगर प्रमुख राईले चुनाव जितेर देश लुट्न लागिपरेकाले घरजग्गा तथा सम्पत्ति नियन्त्रणमा लिइएको विज्ञप्तिमा उल्लेख छ। यस्तै, बस्नेत परिवारले स्थानीयवासी सोझासाझा जनतालाई शोषण तथा दमनमा पारेर शासन गरेकाले नियन्त्रणमा लिइएको पनि उल्लेख गरिएको छ।

नियन्त्रित घरजग्गा तथा उनीहरुको चलअचल सम्पत्ति स्थानीय जनताले उपभोग गर्ने उनीहरुको घरघरमा टाँसिएको विज्ञप्तिमा उल्लेख छ । नगर प्रमुख राईको घरमा शनिबार राति विज्ञप्ति टाँस्नुका साथै आँगनमा पार्टीको झण्डा गाडेको तथा अन्यको विभिन्न समयमा विज्ञप्ति टाँसेको पाइएको छ।

हलेसी तुवाचुङ नगरपालिकाको पहिलो नगरसभाबाट आधा बजेट आफूहरुलाई विनियोजन गर्न उक्त पार्टीले माग गर्दै आएको थियो। “उनीहरुले हाम्रो पनि समानान्तर सरकार छ भन्थे” नगर प्रमुख राईले भने, “आधा कार्यक्रम हामी सञ्चालन गर्छौं भन्दै पटक–पटक बजेट माग गर्‍यो।”

विप्लव कार्यकर्ताको पटक–पटकको धम्कीपछि खोटाङका प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारी र प्रहरी नायब उपरीक्षक लोकदर्शन थापालाई समेत जानकारी गराइएको नगर प्रमुख राईले बताउनुभयो । जिल्लामा उक्त पार्टीको गतिविधिका विषयमा गम्भीर भएर अनुसन्धान थालिएको प्रनाउ थापाले बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.