वामपन्थी मिल्दा कांग्रेसमा ठूलै भुइँचालो गयो : चित्रबहादुर केसी

वामपन्थी मिल्दा कांग्रेसमा ठूलै भुइँचालो गयो : चित्रबहादुर केसी

कपिलवस्तु : पूर्व उपप्रधानमन्त्री एवं राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमाले र माओवादी केन्द्रसहितका वामपन्थी दल मिल्दा सबैभन्दा ठूलो भुइँचालो कांग्रेसमा गएको टिप्पणी गरेका छन्। कपिलवस्तुको चन्द्रौटामा सोमबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष केसीले कांग्रेसले भ्रमको खेती गरेको आरोप लगाए।

‘एमाले माओवादी मिले, चुनावी तालमेल गरे, वाममोर्चा बन्यो, अब देशमा कम्युनिस्ट शासन आउँछ, रुन पनि पाइन्न, हाँस्न पनि पाइन्न भनेर यो देशका प्रधानमन्त्रीले अभिव्यक्ति दिइरहेका छन्', उनले भने, 'यस्तो पनि खेती गर्ने?'

अहिलेको समयमा कम्युनिस्ट पार्टीको अधिनायकवाद जन्मन्छ भन्नु हास्यस्पद भएको तर्क गर्दै उनले राष्ट्रियता र  अखण्डतामाथि हस्तक्षेप हुँदा पनि प्रधानमन्त्रीले चिन्ता नगरेको आरोप लगाए। 'यस्ता कुरामा चिन्ता छैन तर कम्युनिस्ट मिले हाँस्न र रुन पनि पाइन्न भनेर हिँडेका छन्। यो कुरा जनताले बुज्नु पर्छ’, उनले भने।

राणाशासन र राजतन्त्र फालेर गणतन्त्र ल्याएका नेपाली जनताले कम्युनिस्टले ल्याउने अधिनायकवाद पनि सहन नसक्ने भन्दै कांग्रेसलाई अनावश्यक चिन्ता नगर्न आग्रह गरे। सरकारको स्वाद चाख्न बानी परेको कांग्रेसमा वामपन्थीले बहुमत ल्यायो भने सरकारमा जान पाइन्न भनेर हल्लिखल्लि मच्चिएको टिप्पणी गर्दै उनले प्रधानमन्त्रीसँग एक भेटबारे स्मरण गराए- ‘यो कुरा मलाई एक दिन प्रधानमन्त्री शेरबहादुर देउवाले भेटर भनेका थिए- दाइ, देशमा दुई ठूला पार्टी मिले। अब के होला?'

आफूले त्यस भेटमा 'वामपन्थी मिले, ठिक भयो तर देशमा कम्युनिस्ट शासन आउँछ भन्ने चिन्ता नगर्नू' भनेर जवाफ फर्काएको उनले बताए। संघीयताको कट्टर विरोधी अध्यक्ष केसीले संघीयताले मुलुलाई निकास नदिने दोहोर्‍याए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.