जिसस सिरहामा वाम गठबन्धनको कब्जा

जिसस सिरहामा वाम गठबन्धनको कब्जा

सिरहा : जिल्ला समन्वय समिति सिरहा वाम गठबन्धनले कब्जा गरेको छ। ९ सदस्य कार्यसमितिका लागि सोमबार भएको निर्वाचनबाट माओवादी केन्द्रका रामचन्द्र ठाकुर प्रमुख तथा एमालेका सरोजकुमार यादव उपप्रमुख निर्वाचित भएका छन्।

प्रमुखमा निर्वाचित यादवले १८ मत ल्याए भने उनका निकटम प्रतिस्पर्धी फोरमका बादलप्रसाद यादवले १४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत सुदर्शनराज पाण्डले जानकारी दिए। उनका अनुसार उपप्रमुखमा निर्वाचित यादव १८ मत र उनका निकटम प्रतिस्पर्धी कांग्रेसका विसुन साहले १३ मत प्राप्त गरेका छन्।

यस्तै सदस्यहरूमा माओवादी केन्द्रका उमेश सिंह, एमालेका छविलाल यादव र शुभनारायण साह निर्वाचित भएका छन् भने महिला सदस्यहरूमा एमालेकी गीता कुमारी पासवान, नुरहजा खातुन र माओवादी केन्द्रकी कृष्ण माया कामी निर्वाचित भएकी छन्। दलित कोटाबाट माओवादी केन्द्रका तेतरा मोची निर्विरोध चयन भएका थिए।

निर्वाचित जिल्ला समन्वय समितिका पदाधिकारीहरूलाई बुधबार शपथ ग्रहण गराउने मुख्य निर्वाचन अधिकृत पाण्डेले जानकारी दिएका छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.